Logo

नेकपा बैठकमा नेतृत्व र सरकारको आलोचना



काठमाडौं, १६ माघ । नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय कमिटि बैठकमा १५ वटा समूहहरुले राजनीतिक र सांगठनिक प्रतिवेदनमाथि छलफल गरिरहेका छन् । ४४१ सदस्य केन्द्रीय सदस्यहरुले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले प्रस्तुत गरेका सांगठनिक प्रतिवेदनहरुमाथि छलफल गरिरहेका हुन् ।

बैठकमा सहभागी एक केन्द्रीय सदस्यहरुका अनुसार पार्टी एकीकरणको एक वर्षपछि मात्र केन्द्रीय समिति बैठक डाकेको भन्दै आलोचना गरेका छन् । उनीहरुले एमससी र भारतसँगको सीमाको विषयमा पार्टीले स्पष्ट रुपमा राजनीतिक प्रतिवेदनमा उल्लेख नगरेको भन्दै आलोचना गरेका हुन् ।

बैठकमा नेतृत्वको समेत आलोचना भएको छ । पार्टीको निर्णय सबै केही व्यक्तिमा मात्र केन्द्रित गरेको, सरकार पार्टीले नभई व्यक्तिले संचालन गरेको विषय उठेको छ । सरकारका कमी कमजोरीबारे समेत केन्द्रीय सदस्यहरुले धारणा राखेका छन् ।

प्रत्येक केन्द्रीय सदस्यहरुले १० मिनेट बोल्ने समय पाएका छन् । उनीहरुको राय सुझाव संकलन गरी टोली नेताले प्रस्तुत गर्ने तय भएको छ ।
आजको बैठकमा सातवटै प्रदेशका संयोजकहरुले प्रदेश कमिटिको सांगठनिक प्रतिवेदन समेत पेश गर्ने तय भएको छ ।

सबै केन्द्रीय सदस्यहरुले बोलिसकेपछि निष्कर्षसहित दस्तावेज पारित हुने तय भएको छ । आइतबार प्रतिवेदन पारित गरी केन्द्रीय समिति बैठक सम्पन्न हुने कार्यसूची बनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्