Logo

पत्रकारिताका धरोहर पन्ना चाचा रहेनन्



बाँके, १६ माघ । प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ताको ९२ वर्षको उमेरमा बुधवार साँझ निधन भएको छ । नेपालगञ्जमा केन्द्रित रहेर पत्रकारीता गर्दै आएका उनी ‘चाचाजी’ नामले परिचित थिए । चाचालाई अचानक बान्ता भएपछि नेपालगञ्ज मेडिकल कलेज नर्सिंङ होममा लगिएको थियो ।

अस्पतालमा उनलाई मृत घोषित गरिएको थियो । गुप्ताको आज अन्तेष्टि बिहिबार गरिने परिवारले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्