Logo

नेपालमा दैनिक एक जनाले दुई वटा अण्डा खाए पनि पुग्छ-कृषि सचिव युवकध्वज जिसी



काठमाडौं, १६ माघ । कृषि सचिव युवकध्वज जिसी देशको कृषि क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निभाउँदै आएका छन् । कृषि क्षेत्रको विकास र कृषि क्रान्तिका लागि प्रशासनिक क्षेत्रमा उनले निभाएको भूमिका प्रशंनीय रहेको । देशको कृषि क्षेत्रका बारे सचिव जीसीसँग ऋषि धमलाले गरेको कुराकानीः
नेपालमा कृषि अवस्था कस्तो छ ?
हाम्रो देशमा कृषिको अवस्था ठीक छ । ठिक नभएको भए हामीलाई धेरै समस्या भइसक्थ्यो । बढ्दो जनसंख्या र ठिक्क उत्पादनले केही समस्या त देखिएको छ ।
देशभरका किसानहरुलाई कुनै समस्या छैन ?
समस्याहरु त छन्, ती भएका समस्यालाई सरकारले हल गर्दै गएको छ । जति हुनुपर्ने हो त्यो हुन बाँकी छ ।
कृषि क्षेत्र सुधारोन्मुख भएको हो ?
सुधारोन्मुख भएको डाटाले नै बताउँछ । किन भने हिजोको तुलनामा आज तीन गुणाले जनसंख्या बढेको छ । त्यो हुँदाहुँदै पनि नेपालमा अनिकाल लागेर मर्ने अवस्था देखिएको छैन । सरकारले खाद्य संप्रभुता ऐन ल्याएको छ । त्योबाहेक किसानलाई आवश्यक उपयुक्त बिऊबीजन, मल र आधुनिक कृषि औजार, दक्ष जनशक्ति आदिले भरथेग गरिराखेको अवस्था छ ।
तपाईं कृषि क्षेत्रमा केही समस्या छैन भन्नुहुन्छ तर किसान त हामीले बेलामा बीउविजन र मल पाउँदैनौं भन्छन् नि ?
उहाँहरुले भनेको पीडा भएरै होला । किनले अनुभुत गर्ने गरी समयमै जुटाउने, खोज्नेतिर लाग्यो भने त्यस्ता गुनासाहरु आउँदैनन् । समयमै खोज्ने, जुटाउनेतिर नलागेर ‘जब पर्यो राति अनि बूढी ताती’ भनेजस्तो काम गराइले भनेको समयमा, भनेको जस्तो गरेर सरकारले सम्बन्धित ठाउँमा पुर्याउन नसकेको होला । पहिला जुनखालको बीऊ मल र प्रविधिको अप्ठ्यारो थियो, त्यो अवस्था अहिले छैन । तर, भनेको जस्तै भनेकै समयमा नपुगेको हुन सक्छ त्यसलाई मैंले सुरुमै स्वीकार गरेको छु ।
अहिले जति अर्गानिक भनेर किसानहरु लागेका छन् त्यसको उचित मूल्य र बजार व्यवस्था छैन नि ?
अर्गानिक हाम्रो प्रशस्त सम्भावना भएको क्षेत्र हो । हाम्रो केहीकेही क्षेत्रमा उत्पादनबाहेक लगभग अर्गानिक नै भन्दा मिल्छ । कर्णाली क्षेत्र त पुरै अर्गानिक क्षेत्र घोषणा गरेर त्यहाँको सरकार लागेको छ । त्यस्तै गण्डकी प्रदेशमा यसको पहल भएको भने केन्द्रीय स्तरमा माननीय मन्त्रीज्यूको पहलमा ‘प्रांगारिक कृषि समिति बनाएका छौं । प्रांगारिक उत्पादन कसरी गर्ने भनेर नीतिगत कार्यक्रमहरु अगाडि बढेको छ । प्रांगारिकको बजार छैन भन्ने कुरा गलत हो । प्रांगारिकको उत्पादन बरु कम छ । वास्तवमा प्रांगारिक कुनलाई भन्ने त्यसको ‘न्वारन’ गर्नुप¥यो । जथाभावी उत्पादन भएका वस्तुलाई ल्याएर प्रांगारिक भनेर मिलाउनुभएन । त्यसको नियमन हुनुपर्छ । सरकारले उत्पादन, सेवा र नियमन तीनवटै कार्यक्रमलाई अगाडि सारेको छ । यो विस्तारै अगाडि बढ्छ र ढिलोचाँडो देशको उत्पादन अर्गानिकतिर होमिन्छ ।
हाम्रो देशको हावापानी बाह्रैमास जेपनि उत्पादन हुनेखालको छ, तर कृषि क्रान्तिमा नेपाल अगाडि बढ्न सकेन नि ?
एकदमै सही प्रश्न गर्नुभयो । हाम्रो देश यति धेरै सम्भावना भएको छ, यहाँ हरेक किसिमका खाद्यन्नहरु उत्पादन हुन्छन् । फलपूmलदेखि चिया कफिसम्म, अन्नदेखि औषधिसम्म हाम्रो देशमा उत्पादन हुन्छन् । पशुपालनका लागि हरिया फाट र वन प्रचुर मात्रामा छन् । पशुपालनका लागि जति पनि घाँस पाइन्छ, ती पनि अर्गानिक कुनैं विकासे घाँस रोप्नु, छर्नु पर्दैन । मौसम अनुसारको हावापानी र बुटविरुवा हुन्छन् । कृषि क्रान्ति भन्ने बित्तिकै खुँडा, खुकुरी बोकेर हिड्ने विषय होइन । जनसंख्याको बृद्धिसँगै खाद्यन्नलाई पनि बढाउनुपर्ने हुन्छ । हिजो एक रोड जनताको पेट आजको तीन करोड जनताको पेट एउटै होइन । कृषिमा हरित क्रान्ति गर्ने हरियो क्षेत्र बढाएर, कृषिमा स्वेत क्रान्ति भनेको दूधको क्षेत्र बढाएर ल्याउने हो । त्यसैगरी छापाको उत्पादन पनि बढाउन सकिन्छ । जनसंख्या बृद्धिसँगै कृषि क्रान्तितिर उन्मुख भएको छ ।
आजको युगमा अत्याधुनिक कृषि औजार प्रयोग गर्न सकेका छौं ?
कृषि क्षेत्रलाई आवश्यक पर्ने भनेको आवश्यक बीऊ, मल र औजार हो । त्यसमा सरकारले आफ्नो गच्छे र स्रोत अनुसार कृषि कार्यक्रमलाई अगाडि बढाएको छ । तर, त्यसमा जति हुनुपर्ने हो त्यति हुन नसकेको भने पक्कै हो । अहिलेको जनसंख्या बृद्धिसँगै केही खाद्यन्न आयात गर्नुपरेको तीतो यथार्थ पनि हामी सामु छ । अर्को अहिलेको प्रविधि र विकाससँग कृषि क्षेत्रलाई कृषि मन्त्रालय र कृषिका अफिसका छानामुनि मात्रै राखेर हेर्ने परम्परावादी सोचले समस्या देखिएको हो ।
नेपाल कृषिमा आत्मनिर्भरतिर जान सक्छ ?
नेपाल कृषिमा आत्मनिर्भर उन्मुख छ । जस्तै कुखुराकै कुरा गरौं नेपालमा अण्डा एकै दिन एक जनाले दुई वटा खाए पनि पुग्छ । त्यस्तै गरी दूध, माछा, मासुको कुरा गर्दा पनि आत्मनिर्भरको नजिक पुगेका छौं । हामीले डिमान्ड गर्दा खाली काठमाडौंमा बसेर होइन गाउँमा गएर त्यसको डिमान्ड गर्नुपर्छ । किसानलाई तिमीहरु उत्पादन गर हामी किनिदिन्छौं भनेर पक्का गर्नुपर्छ । पहिला मानिसहरु मकै, कोदो, फापरलगायतका अन्नहरु खान्थे । अहिले चामल बढी खाने चलन छ । त्यसैले थोरै धान पनि आयत गर्नुपरेको तीतो यथार्थ छ । हाम्रो महनत र लगानीअनुसार कृषिमा उत्पादकत्व बढेको छ, तर त्यसलाई व्यवस्थापन गर्न हामी चुकेका छौं । देशमा उत्पानहरु कृषिजन्य वस्तुलाई राम्रोसँग बजार व्यवस्थापन गर्न सक्ने हो भने हाम्रो कृषिमा आत्मनिर्भर हुन धेरै समय लाग्दैन ।-File Photo



प्रतिक्रिया दिनुहोस्