Logo

केरुङमा आवातजावत बन्द



१६ माघ : रसुवा चिनियाँ पक्षले बुधबारदेखि केरुङ नाकामा आवातजावत गर्न रोक लगाएको छ । बुधवारदेखि १५ दिनसम्मका लागी रसुवागढी नाकाबाट केरुङतर्फ पर्यटक तथा सवारीसाधनलाई आवातजावत गर्न रोक लगाइएको छ ।

चिनियाँ पक्षले रोक लगाएपछि रसुवागढी नाकाबाट पर्यटक तथा सवारीसाधन आवातजावात बन्द भएको छ । बुधवार नाकामा सवारीसाधन नचलेको र पर्यटकहरुले पनि आवातजावत बन्द भएको छ । बुधवार नाकामा सवारी साधन नचलेर र पर्यटकहरुको पनि आवातजावत बन्द भएको सशस्त्र प्रहरीबल भन्सार तथा राजश्व सुरक्षा गुल्म टिमुरेले बताएको छ । नाकामा दुवै देशतर्फका सरकारी कार्यालयहरु भने खुला रहेको छ । चीन तर्फको बजार पनि खुला रहेको छ । नेपाल –चीन आगमन प्रस्थान अनुमति पत्र लिएका रसुवाबासीलाई नाका पारीसम्म मात्र आउजाउ गर्न दिइएको हो ।

मंगलबार चिनियाँ पक्षले नै केरुङतर्फ आवतजावतमा रोक लगाउने जानकारी दिएको अध्यागमन कार्यालय रसुवाका वरिष्ठ अध्यागमन सहायक केशरबहादुर राईले बताए । ‘नाका न बन्द गरिएको भने होइन ’। उनले भने । मंगलबार रसुवागढी नाकामा दुवै देशको सीमा सुरक्षा अधिकारीहरुबीच अनौपचारीक बैठक भएको थिएन् । बैठकमा चिनियाँ पक्षले नाकामा आवतजावत गर्न रोक लगाउने जानकारी दिएका थिए । कोरोना भाइरसको संक्रमण देखिएकाले केरुङतर्फ जाने सडकमा हिउँ परेको लगायत कारण देखाउदै रोक लगाइएको हो ।कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्