माघ १६, काठमाण्डौ । नेकपाका नेता मणि थापाले एमसीसी संसदबाट पारित नहुने दावी गरेका छन् ।
परिमार्जन गरेर मात्रै संसदमा लैजाने थापाको जिकिर छ । केन्द्रीय समिति बैठकमा भएको छलफलबारे जानकारी दिदै थापाले अमेरिकाले नेपालमा एमसीसी प्रवेश गराएर नेकपालाई फुटाउन खोजेकोसमेत कतिपयले आशंका गरेका छन् ।
सचिवालय विस्तार गरेर १५ सदस्यी बनाउने विषयमा पनि छलफल भएको थापाले जानकारी दिए । सचिवालयमा महिलालाई पनि समावेश गर्नुपर्ने अधिकांशको माग रेहेको छ ।
फरक प्रसंगमा थापाले केन्द्रीय सदस्यहरु निदाएको चर्चा भएको बताएका छन् । स्थायी कमिटि सदस्यसमेत रहेका थापाले सामुहिक छलफलमा प्राइम टाइम्स टिभीले प्रशारण गरेको नेताहरु निदाएको सामग्रीको राम्रै चर्चा भएको थापाले बताए ।
जनता जान्न चाहन्छन् कार्यक्रममा ऋषि धमलासँग कुरा गर्दै थापाले माधव नेपालदेखि नारायणकाजी श्रेष्ठसम्म निदाएको विषय चर्चामा रहेको बताएका हुन् । केन्द्रिय समिति बैठकको उद्घाटन कार्यक्रममा अध्यक्ष केपी ओलीले सम्बोधन गर्दा निदाएका नेताहरुको चर्चा भएको हो ।
https://youtu.be/LnyDUUGchLY




प्रतिक्रिया