Logo

‘सहिदहरुको सम्मान पनि गरेनन्, पृथ्वीनारायण शाहको शालिक भत्काउँदै हिंडे’



काठमाडौं, १६ माघ । मोदनाथ प्रश्रित, बहुमुखी प्रतिभाका धनी हुन् । लामो समय कम्युनिस्ट राजनीतिमा सक्रिय भएका उनी पछिल्लो समय लेखन क्षेत्रमा सक्रिय छन् । प्रश्रित पूर्वजनको सम्मान गर्न नसकेकाले देशमा राम्रो अवस्था हुन नसकेको तर्क गर्छन् । उनीसँग सहिद दिवसको सन्दर्भमा ऋषि धमलाले गरेको कुराकानी:
हाम्रो देशमा सहिदहरुको सपना पूरा भयो ?
अलिअलि पुरा हुँदैछ, सबैथोक भएको छैन ।
किन हुन सकेन ?
पहिला हामीले हाम्रो देश अत्यन्तै आधुनिक शैलीमा भव्य रुपले अगाडि जाला जस्तो शिक्षा, ज्ञानविन, प्रविधियुक्त भएर अगाडि जाला भन्ने सोचेका थियौं । त्यसरी मुलुक अगाडि बढ्न सकेको छैन ।
निरंकुश राणा शासन विरुद्ध प्रजातन्त्रको लागि चार जना सहिदहरुले आफ्नो ज्यान गुमाए आज उनीहरुलाई कसरी सम्झने ?
त्यसबेलाको भयंकर डलाग्दो अवस्थामा आफ्नो राष्ट्रको स्वाधिनता र जनताको लोकतन्त्रको लागि उहाँहरुले कत्तिपनि डर नमानिकन जसरी आपूmलाई समर्पित गर्नुभयो त्यो सबैभन्दा महत्वपूर्ण पक्ष हो । त्यसकारण उहाँहरुलाई अत्यन्तै सम्मान गर्नुपर्छ ।
सम्मान त गर्नुपर्छ तर सहिदका सन्ततिहरुको कुरालाई कसरी सम्वोधन गर्ने ?
सहिदहरुको निरंकुशतन्त्रको समाप्तिको चाहना थियो । विकास निर्माण, शिक्षा, स्वास्थ्य र रोजगारीमुलक बनाउने चाहना थियो । गरिब तथा निमुखा जनताको प्रगतिको चाहना थियो ।
उहाँहरुको चाहनाअनुसार लक्षित वर्गको प्रगति भएको खोइ त ?
प्रतिगति विखण्डित र विघटित सरकारले गर्दा खासै विकास र प्रगति हुन सकेन । विकास, निर्माणका कामहरु पनि १० औं वर्षसम्म सम्पन्न गर्न नसक्ने कारणले गर्दा देशले चाहेजस्तो प्रगति गर्न सकेको छैन । जसको कारण सहिदका सपनाहरु पर्याप्त मात्रामा साकार हुन पाएको छैन ।
नेपालमा २००७ सालदेखि २०६२/०६३ सम्मा आउँदा भएका आन्दोलन र परिवर्तनका छुट्टै महत्वछन् त्यसबाट जनताले के पाए ?
जनताले पाएको त पहिलो कुरा त्यतिबेला बोल्ने, लेख्ने केही अधिकार थिएन । जनताद्वारा सत्ताको आलोचना नसक्दैनथ्यो । अहिले त्यसमा परिवर्तन आएको जनताले बोल्ने, लेख्ने पढ्ने अधिकार पाएका छन् । हाम्रो यति लामो समयसम्म एउटा पनि स्थिर रुपले ५ वर्षसम्म चल्ने सरकार बन्न सकेनन् । त्यस बेला एउटाले सरकार बनायो भने अर्को भत्काउँने र छिन्नभित्र बनाउने कार्यले गर्दा कुनै पनि योजनाहरु अगाडि बढ्न सकेनन् । जसरी शिक्षा, स्वास्थ्य, विज्ञान र प्रविधिमा अगाडि बढाएर आफ्नै स्वाभिमानमा बाँच्न योग्य बनाउनुपथ्र्यो त्यो रुपमा सरकार चुकेकै हो ।
सत्तामा पुगेपछि किन सहिदलाई बिर्सन्छन् ?
सबै कुरामा नेताहरुलाई मात्रै भन्नुपनि उचित हुँदैन । तर, सरकार ढाल्ने र जाने अस्वस्थ प्रतिस्पर्धा, नेपाल बन्द र आन्दोन गर्नुपर्ने अवस्थाले गर्दा सत्ताकै लागि जंगल पस्नुपर्ने जस्ता स्थिति त्यसलाई सम्हाल्नका लागि देश र जनताप्रति उत्तरदायी सशक्त सरकारको आवश्यकता छ । जसले ५÷१० वर्षसम्म विकास निर्माणमा काम गर्न सकोस् । स्थिर र बलियो सरकार बनेको भए अहिलेसम्म ती सहिदहरुका सपनाहरु पूरा हुन्थे । त्यो नभएर लगातार एउटा पार्टीले अर्को पार्टीलाई र एउटा सरकारले गरेको कामलाई अर्को सरकारले भत्काउने प्रवृत्तिले देशमा अपेक्षित विकास हुन नसकेको हो । देश लगभग लथालिंग अवस्थामा रहिरहेको छ ।
सरकारले जसरी सहिदको सम्मान गर्नुपर्ने त्यो गरेको छैन नि ?
सरकारले त सहिदहरुको सम्मान पनि गरेनन् । पृथ्वीनारायण शाहको शालिक पनि भत्काउँदै हिंडे । उनीहरुका प्रवृत्ति त उग्रवादी ढंगका छन् । सोचहरु संकीर्ण छन् तर पछिल्लो उनीहरुमा केही गर्न जागरुक भएको धेरथोर अनुभूत भएको छ ।
सहिद दिवस भव्य र सभ्य ढंगले मनाउनुपर्ने हो त्यो सकेनन् नि ?
सरकारमा बस्नेहरुले मनाउन सकेनन् । उनीहरुले जसरी सहिदहरुले देश र जनताको लागि गरेको योगदानको सम्मान गर्न सकेनन् । आफ्ना पूर्वजहरुले पुर्याएको योगदान र गरेको त्यागको सम्मान गर्न कन्जुस्याईँ गरेको देखिन्छ ।
नेताहरु करोड, अर्बपति भए, जनता उनीहरुबाट आज हुनुपर्ने स्थिति आएको हो ?
त्यो सत्य हो । तर, कुन चाहीं पार्टी र सरकारको आलोजना गर्ने स्थिति त्यस्तो भयो । अहिलेका नेताहरुमा अदूरदर्शीता, लोभ र आफ्नो स्वार्थका लागि सत्तानै भत्काउने जस्ता अमानवीय प्रवृत्ति विकसित भएको छ । जसरी हिजोदेखि एउटाले गरेको काम अर्कोले भत्काउने, अर्कोले गरेको अर्को आएर भत्काउने परम्पराको विकास भएर आयो । त्यसकारण जनअपेक्षा अनुसार काम हुन सकेन । यस्तो खालको परम्पराय सहिरहने हो भने अभैm पनि देश विकासतिरभन्दा अधोगतितिर जाने सम्भावना छ ।



प्रतिक्रिया दिनुहोस्