Logo

पार्टीमा छलफल भएर अध्यक्षद्धयको तस्बिर राखिएको होइन-पम्फा भुषाल



काठमाडौं, १६ माघ । नेपाल कम्युनिस्ट पार्टीकी स्थायी कमिटि सदस्य पम्फा भुषालसँग लामो राजनीतिक अनुभव छ । नेपालको महिला आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएकी भुषाल अध्यक्ष प्रचण्ड निकट हुन् । तर, उनी जायज विषयमा जोसँग पनि निडर भएर बोल्न सक्छिन् । भुषालसँग ऋषि धमलाले नेकपाको जारी केन्द्रीय कमिटि बैठकबारे गरेको कुराकानीः
नेकपाको केन्द्रीय समिति बैठकमा विवाद हुनथालेको छ होइन ?
केन्द्रीय समितिको बैठक भनेको छलफल हुने ठाउँ हो, त्यहाँ विवाद हुँदैन । लामो समयपछि केन्द्रीय समितिको बैठक बस्दै छ । त्यसमा बडो सौहार्दतापूर्वक बहस र छलफल भएर निष्कर्षमा पुगिन्छ ।
विवादका कारण अध्यक्षता विनानै नेकपा बैठक सुरु भएछ नि हिजो ?
त्यस्तो भएको होइन । दुईवटा अध्यक्षहरुले अध्यक्षता गर्नुभएको छ ।
राजनीति प्रतिवेदन पेश हँदाको कुरा गरेको मैले ?
त्यो बेलाको कमरेड प्रचण्डको अध्यक्षतामा बसिरहेको छ ।
प्रचण्डकै अध्यक्षतामा बैठक बसेको छ ?
पहिला कमरेड ओली पनि हुनुहुन्थ्यो । पछि चाहीं कमरेड प्रचण्डको अध्यक्षतामा बैठक बसेको हो ।
केन्द्रीय समिति बैठकमा एमसीसीको बारेमा किन मौनता आयो ?
राजनीतिक प्रतिवेदनहरु छन् । त्यसको सबै विषयमा छलफल हुृन्छ । मौनता आएको छैन । सबै विषयमा राम्रोसँग छलफल हुन्छ ।
राजनीतिक प्रतिवेदनमा एमसीसीको बारेमा लेखिएको पढ्नुभयो ?
किन नपढ्नु, पढेको छु ।
राजनीतिक प्रतिवेदनमा एमसीसीको के लेखिएको छ ?
त्यसमा एमसीसीको बारेमा एजेन्डाकै रुपमा राख्ने र छलफल गर्ने भनेर लेखेको छ ।
एमसीसी पारित गर्नुपर्छ भन्ने पक्षमा हो तपाईं ?
त्यसको बारेमा हामी छलफल गर्छौं र निष्कर्षमा पुग्छौं ।
कस्तो हुन्छ निष्कर्ष ?
निष्कर्ष नै अहिले भनियो भने छलफल नै आवश्यकता पर्दैन नि । त्यसैले छलफलबाट आउँछ ।
प्रधानमन्त्रीले त स्पष्ट रुपमा भन्नुभयो नि पारित गर्नुपर्छ त्यसको विकल्प छैन भनेर ?
उहाँले त्यो प्रस्ताव राख्नुभएको छ । त्यसको बारेमा छलफल गरेर हामी निष्कर्षमा पुग्छौं ।
एमसीसीलाई किन तपाईंहरुले विवादको विषय बनाउनुभएको ?
छलफल हुने भयो नि त हरेक विषयमा । त्यसलाई विवाद भन्नुहुँदैन ।
त्यो विषयलाई लिएर कम्युनिस्ट पार्टीका नेताहरु त विभाजित छन् ?
यति ठूलो पार्टी छ, धेरै नेताहरु हुनुहुन्छ । त्यसमा फरकफरक धारणाहरु हुन्छन् । बढी छलफल भयो भने त्यसले अध्ययन अनुसन्धान हुन्छ र एउटा अन्तत्र्रिmयाको माग गर्दछ ।
इन्डोप्यासिफिकमा नेपाल जान सक्छ कि सक्दैन ?
इन्डोप्यासिफिकमा नेपाल जानै सक्दैन ।
किन नेपाल त्यसमा जानुपर्दैन र ?
नेपालको आफ्नै मौलिक पहिचानसहित असंलग्न परराष्ट्र नीति छ । नेपाल जहिले पनि पञ्चशील सिद्धान्तका आधारमा अगाडि बढ्छ । कुनै पनि देशसँग सैन्य गठबन्धनमा जाने नीति हाम्रो संविधानमा पनि छैन । हाम्रो परापूर्वकालदेखिको अभ्यास पनि त्यही छ । त्यसैले कसैको सैन्य गठबन्धनमा हिजो पनि थिएन र भोलि पनि हुँदैन ।
बीआरआई भनेको आर्थिक विकास वृहत्त सहयोग साझेदारी हो ?
हो । यो त्यही आधारमा हुने सहयोग हो ।
इन्डोप्यासेफिक चाहीं सैन्य स्टाटेजी हो । यो दक्षिण एशिया क्षेत्रमा आधार बनाउने र आफ्नो पकड जमाउने र आर्थिक र शक्तिका हिसावले अगाडि बढेको चीनलाई नै टार्गेट गर्ने यसको लक्ष्य हो । नत्र भने टाढा बसेको अमेरिकाले यस्तो स्ट्राटेजी लिएर आउनुपर्ने थिएन ।
स्थायी समितिको बैठकमा यति समूहदेखि एमसीसीको बँचाउ गरियो, तपाईंंहरु चाहीं विरोध गर्नुहुन्छ अनि कसरी पार्टी अगाडि बढ्छ ?
हम्रो केन्द्रीय समिति बैठकमा सबै विषयमा छलफल हुन्छ ।
तपाईंंहरुको सर्वहारा पार्टीका नेताहरु करोड, अर्बपति भएरे नि ?
त्यो हुन सक्छ ।
नेताहरुको धेरै सम्पत्ति छ, त्यो चाहीं लुकाउने हो कि भन्ने डर छ रे उनीहरुलाई ?
कसैमाथि त्यस्तो लागेको छ भने त्यसमाथि पनि छलफल हुन्छ ।
नेताहरुको सम्पत्तिको विषयमा केन्द्रीय समितिमा छलफल हुन्छ ?
सबै विषयमा छलफल हुन्छ । सिंगो राष्ट्रियता, राष्ट्रिय राजनीति र नेताका सम्पत्तिका बारेमा पनि छलफल हुन्छ । यदि छानविन नै गर्नुपर्ने गरी कुरा उठेको छ भने ।
केन्द्रीय सदस्यहरुले जीउँदो नेताको फोटो किन राखेको भनेर बाहिर आएको छ नि ?
त्यस्तो भएको छ । हिजो हामीले तत्कालीन माओवादीको बेला क. प्रचण्डको फोटो राखेको थियौं । युद्धकालमा प्रचण्डपथ भनेर पनि ल्याएका थियौं । शान्तिप्रक्रियामा आइसकेपछि त्यसलाई स्थगन गरियो । पार्टी एकीकरणपछि दुईजना अध्यक्ष हुनुभयो । त्यसपछि उहाँहरुको फोटो राखिएको छ । त्यो पार्टीगत छलफलबाट निर्णय भएर भने होइन ।
एमसीसीमा तपाईंहरुको खासै दृष्टिकोण आएन भन्ने छ नि ?
यसलाई प्रारम्भमा विकासका आर्थिक सहयोग भनियो । अब आर्थिक सहयोग गर्छुभन्दा लिने पनि कुरा भयो । तर त्यो हाम्रो राष्ट्र, स्वाभिमानमा कुनै दख्खल नपर्ने गरी सहयोग आयो भने लिनुपर्छ । २००२ सुरु भएको १२ छलफल भएर १७ मा चाहीं हस्ताक्षेर भएको हो । त्यसबेला एमसीसीसँग नेपाल सहकार्य गर्ने भनियो । तर पछि आएर एमसीसी पनि इन्डोप्यासेफिकको पार्ट हो भनिएको हो । अहिले अमेरिकी अधिकारीहरुले स्पष्ट रुपमा वेबराइटमा लेखेको बोलेको हेर्दा इन्डोप्यासिककै अंग भनेको सुनिन्छ । यदि त्यसको पार्ट हो भने यो सहयोग लिनुहुँदैन । त्यसैले सचिवालयले यो इन्डोप्यासेफिकको पार्ट हो कि होइन क्लियर गरियोस् भनेर हामीले कुरा राख्यौं । स्थायी समितिले त्यो जिम्मा सचिवालयलाई दिएको थियो । सचिवालयले त्यो गरेको जस्तो लागेको छैन ।
अब त केन्द्रीय समितिमा आइसकेको छ नि ?
हाम्रो परराष्ट्र नीतिमा जे छ, त्यस अनुसार केन्द्रीय समितिमा ब्यापक रुपमा छलफल गरेर निष्कर्ष निकालिन्छ ।
साढे दुई वर्षमा सरकारले धेरै काम गर्यो तपाईंहरुले बाहिर लान चाहनुभएन हो ?
हामीले होइन पार्टी एकीकरणको प्रक्रिया पुरा नभइसकेकाले पनि त्यस्तो देखिएको हो । त्यसले सरकार र जनताबीचको पुलको काम गर्न सकेन । एकीकरण प्रक्रिया पुरा नभएर नै सरकारले गरेका राम्रो कामको मूल्यांकन हुन नसकेको हो ।



प्रतिक्रिया दिनुहोस्