Logo

मोदी राजकीय भ्रमणमा नेपाल आउने, सगरमाथा संवादमा नआउने



काठमाडौं, १७ माघ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सगरमाथा संवादका लागि नेपाल नआउने निश्चित भएको छ । उनलाई सगरमाथा संवादका लागि निम्ता दिएपनि नआउने भएका हुन् ।

चैत्रको तेस्रो साता हुन गइरहेको ‘सगरमाथा संवाद’ मा मोदी सहभागी हुने चर्चा चलेको थियो । तर, उनी नआउने उच्च स्रोतले जानकारी दिएको छ । मोदीले प्रधानमन्त्री केपी ओलीसँगको भिडियो कन्फरेन्समा यसै वर्ष नेपाल भ्रमणमा आउने बताएका थिए । त्यसपछि उनी सगरमाथा संवादमा समेत आउनसक्ने चर्चा चलेको थियो ।-File Photo



प्रतिक्रिया दिनुहोस्