Logo

पूर्व मिस नेपाल श्रृंखलाले अर्को वर्ष विवाह गर्ने !



काठमाडौं, १७ माघ । पूर्व मिस नेपाल श्रृंखला खतिवडा अर्को वर्ष वैवाहिक बन्धनमा बाँधिने भएकी छिन् । भ्लगर सिसन बानियाँसँग प्रेममा सम्बन्धमा रहेकी खतिवडाले आफ्नो सम्बन्ध यसअघि लुकाउँदै आएकी थिईन् । तर, मिडियामा उनीहरुलाई पछ्याउनेको संख्या बढेपछि खतिवडा र बानियाँको प्रेम सम्बन्ध लामो समयसम्म गुपचुप रहन सकेन् ।

पछिल्लो समय यी दुईको प्रेम झाँग्गिएको छ । पारिवारिक सूत्रले दिएको जानकारीअनुसार उनीहरुको विवाह अर्को वर्ष अर्थात २०७७ मा हुने भएको छ । खतिवडा सन् २०१८ की मिस नेपाल हुन् । यो जोडीको प्रेम सम्बन्धको चर्चा भने श्रृंखला मिस वल्र्डको लागि चीन जानुभन्दा अघि मकवानपुरमा तयार पारेको एक डकुमेन्ट्रीका कारण भएको थियो ।

खतिवडा र बानियाँ देश तथा विदेशको यात्रामा समेत प्रायः एकसाथ देखिने गरेका छन् । यो जोडीले केही समय पहिले टर्कीको इस्तानबुल पुगेका थिए । त्यहाँ घुमफिर गरिरहेको तस्विरहरु खतिवडा र बानियाँले आफ्ना सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए ।

टर्कीमा रहँदा यो जोडीको एक तस्वीर बाहिरिएको थियो, जहाँ श्रृंखला सिसनको अंगोलामा थिईन् । यी दुईले भने गहिरो सम्वन्धमा रहेको बजारको चर्चालाई गसिपको रुपमा चित्रण गर्दै आएका छन् । श्रृंखलाले त आफु सिंगल रहेको बताउँदै आएकी छिन् । श्रृंखलाका बुवा–आमा दुवै नेकपाका सांसद हुन् । उनको बुवा विरोध खतिवडा त नेपाली राजनीतिमा चर्चित नाम हो ।



प्रतिक्रिया दिनुहोस्