Logo

फाँसीको तोकिइसकेको मिति अघिल्लो दिन स्थगित भएपछि…



भारतको नयाँ दिल्लीमा आठ वर्ष अघि निर्भयाको बलात्कारपछि भएको हत्याका दोषीलाई फाँसीको सजाय फेरि अनिश्चित भएको छ । शुक्रबार दिल्लीको अदालतले अर्को आदेश नआएसम्मका लागि चारजना दोषीलाई फाँसीको सजायको मिति सारेको हो ।

शनिबार विहान ६ बजेका लागि तोकिएको फाँसीको मिति फेरि सरेको छ । अब उनीहरुलाई फेरि मिति तोकिने हो या होइन निश्चित छैन । दोषीमध्य एकजना विनय शर्माले आममाफीका लागि निवेदन दिएको र त्यो भारतका राष्ट्रपति रामनाथ कोविन्द कहाँ अड्किएपछि दिल्ली अदालतले अर्को आदेश नभएसम्म फाँसीको सजाय स्थगित गरेको हो ।

निर्भया बलात्कारकाण्डमा दोषी ठहरिएका ३२ वर्षीय मुकेश सिंह, २६ वर्षीय विनय शर्मा, ३१ वर्षीय अक्षयकुमार सिंह र २५ वर्षीय पवन गुप्ता गरी चारैजनालाई फाँसीको सजाय तोकिएको थियो । चारैजनालाई आठ वर्षअघि दिल्लीमा भएको बलात्कारपछि ज्यान गुमाएकी २३ वर्षीया मेडिकल विद्यार्थीमाथि कुकार्य गरेको घटनामा दोषी ठहरिएपछि फाँसी दिन लागिएको हो । दिल्लीमा साँझपख बस रोकेर केटा साथीसँगै चढेकी निर्भया नाम दिइएकी मेडिकल विषयकी विद्यार्थीलाई निर्मतापूर्वक बलात्कार गरिएको थियो । सामूहिक बलात्कारपछि युवती रडले गुप्तांगमा प्रहार गरी फालिएकी थिइन् ।

सडकमा फालिएकी उनको गम्भीर अवस्थामा उद्धार गरेपनि जीवन जोगिएन । तत्कालिन कँग्रेस आई सरकारले सिंगापुरमा लगेर समेत उपचार ग¥यो । तर, उनको शव मात्र फर्कियो । निर्भयाको शव लिन सोनिया गान्धी समेत इन्दिरा गान्धी विमानस्थल पुगेकी थिइन् । उक्त घटनाले महिला हिंसाविरुद्धका अभियन्ताहरु कडा रुपमा प्रस्तुत भए । भारतमा महिलाहरु असुरक्षित भएको सन्देश गयो ।

घटनाका दोषीहरुलाई सीसीटीभी फुटेजबाट पत्ता लगाइएको थियो । उनीहरु बसमा पर्दा राखेर बढेको पत्ता लाग्यो । बसभित्रै घम्साघम्सीको केही दृश्य पत्ता लगाएपछि पक्राउ गरिएको थियो । पक्राउ गरिएकाहरु दिल्लीको झुपडीवस्तीमा बस्ने गरेका थिए । उनीहरुलाई पक्राउ गरेपछि एकजनाले जेलभित्रै आत्महत्या गरेका थिए । आठ वर्षको अदालती प्रक्रियापछि चारजनाको फाँसीको सजाय टुंगो लागेको थियो । यो समेत दुईपटक उनीहरुको फाँसीको सजाय स्थगित भएको छ ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्