Logo

चीनबाट नेपाली विद्यार्थीहरुलाई रेस्क्यु गर्न जहाज रेडी छ : मन्त्री भट्टराई



काठमाडौं, १८ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले चीनमा रहेका नेपाली विद्यार्थीलाई ल्याउन जहाज तयारी अवस्थामा रहेको स्पष्ट पारेका छन्। शनिबार नेपाल टुरिजम बोर्डमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनजले चीनमा अध्ययनरत विद्यार्थीहरुलाई फिर्ता गर्न दुईवटा जहाज तयारी अवस्थामा रहेको बताए ।

उनले भने,‘हाम्रो पराराष्ट्र मन्त्रालयले चिनियाँ सरकार र दूतावाससँग प्रभावित क्षेत्रका विषयमा जानकारी लिइरहेको छ । अहिलेसम्म नेपाली विद्यार्थीहरु सुरक्षित रहेको कुरा आएको छ ।’ चीनको सबैभन्दा बढी प्रभावित क्षेत्र वुहानमा १९० जना नेपाली विद्यार्थी अध्ययनरत रहेका छन् ।

मन्त्री भट्टराईले नेपाली विद्यार्थीहरुको उद्धारका लागि दुईवटा जहाज तयारी अवस्थामा राखेको स्पष्ट पारे । उनले भने,‘आवश्यक पर्‍यो भने दुईवटा जहाज नेपाल एयरलाइन्स र हिलमालय एयरलाइन्स तयारी अवस्थामा छन् । दुबै एयरलाईन्ससँग मैले कुरा गरेर तयारी अवस्थामा रहनु भनेको छु । कुनै पनि बेला सरकारले रेस्क्यु गर्छ ।’ file photo



प्रतिक्रिया दिनुहोस्