Logo

कर घटाउन नेपाललाई दवाव



काठमाडौं, माघ १९ । भारत सरकारले बजेटमार्फत् करका दरमा भारी छुट दिएसँगै नेपाललाई पनि कर घटाउन दबाब परेको छ ।भारतीय अर्थमन्त्री निर्मला सीतारमणले शनिबार बिहान ३ खर्ब ७९ अर्ब ७७ करोड अमेरिकी डलरको बजेट प्रस्तुत गर्दै आयकरको सीमामा पाँच लाखसम्म आम्दानी गर्नेले कुनै पनि कर नपर्ने व्यवस्था मिलाएकी छिन् । त्यतिमात्रै होइन साढे सात लाखसम्म आम्दानी गर्नेलाई अब १० प्रतिशत मात्रै आयकर तिरे हुने भएको छ ।

यसअघि यो व्यवस्था २० प्रतिशतमात्रा थियो । यस्तै, १० लाख आम्दानी गर्नेले अब १५ प्रतिशत र १० देखि साढे १२ लाखको सिमामा २० प्रतिशत मात्रै कर तिरे पुग्ने भएको छ । यसअघि यस्तो व्यवस्था २० प्रतिशत रहेको थियो । भारतले करका दरमा व्यापक हेरफेर गर्दा त्यसले नेपाली लगानी भारतमा विस्तर हुनसक्ने अवस्था देखिएको विश्लेषकहरुको भनाई रहेको आजको कारोबार दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्