Logo

फर्निचर मेलामा नेपाल नेस्नल पार्केटको आकर्षण, हाँस्यकालाकार राजाराम पौडेल पनि पुगे



काठमाडौं, १९ माघ । छैठौं नेपाल वुड इन्टरनेशनल एक्स्पोमा नेपाल नेस्नल पार्केटमा अवलोकनकर्ताहरुको आकर्षण देखियो । १७ देखि १९ माघसम्म चलेको एक्स्पोमा १८ वर्ष पुरानो नेस्नल पार्केटको कामबाट सन्तुष्ट भएकाहरुले समेत स्टलको अवलोकन गर्दै प्रशंशा गरेका थिए । हाँस्यकालाकार राजाराम पौडेल पनि पुगेका थिए ।

नेस्नल पार्केटल १८ वर्षयता पार्केटिङलगायत फर्निचर निर्माण गरी सेवा उपलब्ध गराउँदै आएको छ । पार्केटका निर्देशक नवराज धमलाले एक्स्पोमा आएकाले आफूहरुको सेवा गुणस्तरीय भएको भनेबाट आफूहरु उत्साही भएको बताए । आफूहरुको सेवा गुणस्तरीय भएकाले ग्राहकको मन जित्न सफल भएको बताए । पार्केटिङ गरेपछि कुनै समस्या आए दश वर्षसम्म निःशुल्क सेवा उपलब्ध गराउँछौं ।

नेस्नल पार्केटका निर्देशक धमलाका अनुसार सिसौको काठको पार्केटिङ गर्ने उल्लेख गर्दै घरभित्र लाग्ने सबै काम दराज, मोल्डर किचन, भर्याङको रेलिङ, वाल प्यानलिङ सबैको काम गर्ने जानकारी दिए । उनले भने, हामीबाट ग्राहक सन्तुष्ट छन् । समस्या आएपनि तत्काल समाधान गरेका छौं । समस्या आए जानकारी गराउन पनि भनेको बताए । गुणस्तरीय सेवामा आफूहरु केन्द्रित भएको उनको भनाई थियो । तयारी ढोका पनि बनाउने भन्दै फयाक्ट्री मूल्यमा घरमै उपलब्ध गराउने उनले बताए ।

Photo: reportersnepal



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम