Logo

प्रधानमन्त्री ओलीले भने : चीनले नेपालीहरूलाई आरामसँग राखेकोले आत्तिनुपर्दैन्



काठमाडौं, १९ माघ । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले चिनियाँमा फैलिएको कोरोना भाइरस र नेपालीहरुको पछिल्लो अवस्थाबारे टिप्पणी गरेका छन् । उनले चीन सरकारले नेपालीहरूलाई आरामसँग राखेकोले आत्तिनु नपर्ने स्पष्ट पारेका छन् ।

काठमाडौंमा बसेको नेकपाको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई समापन गर्दै उनले यस्तो बताएका हुन् । उनले चीनमा रहेका नेपाली आरामसँग बसिरहेको बताए । उनले भने,‘नेपाली विद्यार्थी र अरू नेपालीलाई चीनले फरक ठाउँमा राखेको छ। उहाँहरू आरामसँग बस्नुभएको छ, अहिले आत्तिनुपर्ने अवस्था छैन।’ यद्धपी उनले आवश्यक परेमा चीनमा रहेका नेपालीहरू उद्धार गरिने विश्वास दिलाए ।

उनले चीनमा फैलिएको कोरोनाभाइरस संक्रमण अहिलेसम्म प्रमाणित रूपमा नेपालमा नदेखिएको पनि प्रधानमन्त्री ओलीको दाबी छ । उनले थपे,‘हामी त्रसित होइन, कोरोनाभाइरसबाट हामी सचेत हुनुपर्ने अवस्था छ, भिडभाडमा जाँदा मास्क लगाएर हिड्नुहोस्, साबुनपानीले हात धुने बानी गर्नुपर्छ । मास्क प्रयोग गर्ने आदत बसाल्नुपर्छ, साबुन पानीले हात धुनुपर्छ, मुख छोपेरमात्रै हाच्छु गर्नुपर्छ। साधारण लाग्ने तर यो महत्वपूर्ण कुरा हो।’



प्रतिक्रिया दिनुहोस्