Logo

बन्दिपुरमा मौलिकताको आनन्द



काठमाडौ,माघ १९ । यसैपनि चिरिच्याट्ट रहने नेवारी बजार । शुक्रबार झनै सजिएको थियो । विभिन्न ठाँउमा स्वागतद्धार ब्यानर अनि नेवारी बाजा कै धुन । तनहुको सदाबहार सुन्दर पर्यटकीय गन्तब्य बन्दीपुर बेग्लैै मुडमा थियो । सवारी साधन निर्धेशित गरिएको शहरमा पाइला राख्ने जो कोहीलाई शुक्रबार केही उत्सवको महसुस भैरहेको थियो । रेबानले पर्यटक वर्ष लक्षित साँस्कृतिक कार्यक्रम आयोजना गरेको दिन अफ सिजनमा पनि देखिएको कबाक्लो आत्तरीक पर्यटकको चहलपहलले व्यवसायमिा बेग्लै उत्साह बढायो ।

बजारको हरेक होटलले पाहुनाको स्वागतका लागी घर अगाडी कुर्सी र टेवल को व्यवस्था गरेका थिए । पाहुनाको लागी मौलिक नेवारी र गुरुङ अनि मगरका लागी परिकार सडकमा नै बसेर खाने व्यवस्था गरेको थियो ।पाहुना स्टेजमा भइरहेको साँस्कृतिक र सांगितिक कार्यक्रम हेर्दै मौलिक परिकार चाखिराखेका थिए ।

प्राचीन भक्तपुरे शैलीका भवन ज्युँदै रहेको यस बजार साँस्कृतिक पर्यटनका लागी विशेष महत्व रहेको विश्वास का साथ साँस्कृति साँझ आयोजना गरिएको रेबानका केन्द्रिय अध्यक्ष अरनिको राजभण्डारीले बताए । ‘सम्पदा र कला संस्कृतिलार्य जोगाएको यस शहर जस्तै अरु पनि अघि बढ्नुपर्छ भन्ने सन्देश दिन यहाँबाट पर्यटक लक्षित कार्यक्रम थालेका हौ,’ उनले भने ।

कार्यक्रमको उद्घाटन गर्न पुगेका नेपाल पर्यटन वर्ष आयोजक समितीका संयोजक सुरज वैद्य स्थानिय संस्कृतिको जीवन्तता बाट मोहित भए ।
जिल्ला समन्वय समितिका प्रमुख शान्तीरमण वाग्लेले अन्र्तराष्ट्रिय रुपमा पनि प्रसिद्धि कमाएको बजारमा धेरै समय बसने गरी पर्यटक ल्याउन थप सोचिनुपर्ने बताए ।
बन्दिपुर गाँउपालिका का अध्यक्ष पुर्णसिंह थापाले प्राचिन व्यापारिक केन्द्रका रुपमा समेत रहेको शहर कहिल्यै पनि मर्ने अवस्थामा नपुगेको भन्दै पर्यटकीय विकासका काम अघि बढिरहेको बताए ।

मुलथलो भएका क्यान्सर विशेषज्ञ डा। मदन पिया अफ सिजनको चहलपहलबाट हौसीएका थिए । अन्नपुर्ण पोष्ट दैनिकबाट



प्रतिक्रिया दिनुहोस्