Logo

कोरोना भाइरसबाट उहानमा मात्र ७५ हजार संक्रमित हुने आँकलन



काठमाडौं, १९ माघ । कोरोना भाइरसको संक्रमणबाट चीनको उहानमा मात्र ७५ हजार मानिस संक्रमित हुने अनुमान गरिएको छ । मेडिकल जर्नलको अनुसन्धानले यस्तो अनुमान गरेको हो ।

विश्वभर यो भाइरसबाट १० हजारभन्दा बढी संक्रमित भइसकेको तथ्यांक छ । तीन सय भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । आज फिलिपिन्समा कोरोना भाइरसबाट एकजनाको मृत्यु भएसँगै चीनबाहिर पहिलोपटक भाइरसका कारण ज्यान गएको छ ।

कोरोना भाइरसको संक्रमणबाट बच्न विश्वभर विभिन्न उपायहरु ऋपनाउने क्रम जारी छ । अष्ट्रेलियाले चीन भएर आफ्नो देशमा आउने यात्रीको भीसो रद्द गर्ने सूचना जारी गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्