Logo

इपिएलमा विदेशी खेलाडिको ओइरो, को को आउँदैछन् ?(भिडियोसहित)



माघ २०, काठमाण्डौ । पछिल्ला वर्षहरुमा नेपालमा क्रिकेटको क्रेज र सफलता दुवै बढिरहेको छ । घरेलु क्रिकेट प्रतियोगिताहरुको संख्या र गुणस्तर वृद्धि भइरहेको छ । निजी क्षेत्रबाट संचालित क्रिकेट प्रतियोगिताहरुमा विश्व चर्चित खेलाडिहरुको सहभागिता पनि हुन थालेपछि थप रौनक देखिएको छ ।

चितवनमा यसै वर्षदेखि चितवन प्रिमियर लिग सिपिएल सुरु भएको छ । माघ १७ गतेदेखि सुरु लिग २५ गते सकिने छ । पाँच टिम सहभागि सिपिएलको बिजेता टिमले २ लाख नगद र ट्रफी तथा दोस्रो हुनेले १ लाख नगद र ट्रफी पाउने छन् । पहिलो संस्करणमै सिपिएलले चर्चा पाइरहेको छ ।

नेपालको पहिलो र ठूलो मध्येको एक क्रिकेट प्रतियोगिता हो एभरेस्ट प्रिमियर लिग इपिएल । अन्तर्राष्ट्रिय क्रिकेट परिषदमा आवद्ध भएका राष्ट्रहरूको तुलनामा यो प्रतियोगिता घरेलुु प्रतियोगिताहरूमै सबैभन्दा धेरै उपस्थिति गराउन सफल प्रतियोगिता पनि मानिएको छ ।

यसको प्रथम संस्करणमा ६ वटा टोलीहरूले सहभागीता जनाएका थिए । जसमा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीहरू समावेश थिए । यसपटक इपिएलमा अन्तराष्ट्रिस्तरका विभिन्न देशका क्रिकेटर पनि खेल्ने भएका छन् । इपिएलमा त कुरै छाडौँ, विश्वभर जहाँ जुन टिमबाट खेलेपनि सबैको ध्यान आकर्षित गर्न सफल विस्फोटक व्याट्सम्यान हुन क्रिस गेल । वेस्ट इण्डिजको राष्ट्रिय टिमबाट लामो सयम क्रिकेट खेलेका गेल जमैकाका नागरिक हुन् । गेल विशेषगरी ट्वान्टी ट्वान्टी क्रिकेटका राजा नै मानिन्छन् ।

टी–२० फर्म्याटमा ‘वादशाह’ उपनाम पाएका गेल तेस्रो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल)मा पोखरा राइनोजमा आबद्ध भइसकेका छन् । त्यस्तै अफगानिस्तानका विश्फोटक ब्याट्सम्यान मोहम्मद शाहजादले चितवन टाइगर्सबाट खेल्ने भएका छन । ओपनर तथा विकेटकिपर मोहम्मद शहजादले एकै दिनमा टि ट्वान्टीमा २ अर्ध शतक प्रहार गर्दै विश्व कीर्तिमान कायम गरेका छन् । वेस्ट इन्डिजका ड्वाइन स्मिथले भैरहवा ग्लाडिएटर्सबाट खेल्ने छन् ।

बार्बाडोसमा जन्मिएका ३६ वर्षीया स्मिथसँग भैरहवाले शनिबार सम्झौता गरे संगैलिग खेल्ने पक्का भएको छ । वेस्ट इन्डिजबाट टेस्ट, टी२० र एकदिवसीय टिमबाट खेलिसकेका उनले इन्डियन प्रिमियर लिग आइपिएलमा चेन्नइ सुपर किंग्स, मुम्बई इन्डियन्सबाट खेलेका थिए।यस्तै उनीसँग पाकिस्तान सुपर लिग र बंगलादेश प्रिमियर लिग खेलेको पनि अनुभव छ ।

श्रीलंका पूर्व कप्तान उपुल थरंगाले ललितपुर प्याटियटर्सबाट इपिएल खेल्ने भएका छन् । पुर्व कप्तान तथा विकेटकिपर समेत रहेका उपुल थरंगा श्रीलंकाबाट ३१ टेष्ट, २ सय ३५ ओडीआई र २६ टि ट्वान्टी आई खेलेका छन् । दक्षिण अफ्रिकाका पूर्व कप्तान हसिम अमलाले पनि इपिएल खेल्ने बताइएको छ ।

चैत १ गतेदेखि १५ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि सहभागी टोलीले धमाधम विदेशी खेलाडी भित्र्याउन थालेका छन् । प्रतियोगिताका लागि प्रत्येक टोलीले तीन–तीन जना विदेशी खेलाडी अनुबन्ध गर्नुपर्ने नियमाअनुसार क्लबहरुले विदेशी खेलाडीलाई क्लबमा भित्र्याउन थालेका हुन् ।

https://www.youtube.com/watch?v=OSjfN4UIL2A&t=47s



प्रतिक्रिया दिनुहोस्