Logo

पैदल यात्रुलाई ठक्कर दिने जेलमा



काठमाडौं, २१ माघ । ओभरटेक गरेर अर्को लेनमा आएको बा ४ ख ५९२० नम्बरको बसले ठक्कर दिदाँ सुकेधारामा सृष्टि पन्तले ज्यान गुमाइन् । सडक पार गरेर ट्युसन पढ्न हिडेकी उनलाई आफ्नो लेन भन्दा ९ फिट मिचेर ओभरटेक गरेको बसले पु्स ७ मा ठक्कर दिएको थियो । महारजगंञ्ज प्रहरी वृत्तले चालक शम्भुबाबु बमजनलाई नियन्त्रणमा लिएरु अनुसन्धान ट्राफिक प्रहरीको घटनास्थल स्केचका आधारमा चालकलार्य अदालतले पुर्पक्षका लागी थुनामा पठाइसकेको छ ।

बुढानिलकण्ठ स्कुल नजिकै सडकपेटमिा हिँडीरहेकी लीला देवकोटालाई बा १४ च ६१२३ नम्बरको सुजुकी कारले मंसिर २८ मा ठक्कर दिएको थियो । मदिराले लठ््ठ परेका पृथ्वी मल्ले अनियन्त्रीत रुपमा चलाएको कारले ठेक्का दिदाँ देवकोटाको मृत्यु भएको थियो । प्हरी अनुसन्धानले चालकको हदै सम्मको लापरबाही भएको देखाएपछि अदालतले पुर्पक्षका लागी उनलाई थुनामा पठाइसकेको छ ।

मर्निङ वाकमा रहेका डा. प्रभु शाहलाई मंसिर ८ गते बानेश्वरमा नम्बर नखुलेकोसवारी साधनले ठक्कर दिएको थियो । घटनास्थल नजिकको सिसभल अस्पताल लैजाने बित्तिकै चिकित्सकले मृत घोषित गरेका थिए ।

महानगरीय ट्राफिक प्रहरीका महाशाखाका अनुसार मंसिरमा सवारी साधनको ठक्करबाट ११ जना पैदल यात्रुको ज्यान गुमाएका थिए । ११ दुर्घटना मध्ये आठ दुर्घटनाका चालकालाई अदालतले पुर्पक्षका लागी थुनामा पठाएको छ । मंसिर ७ मा ललितपुर ग्वार्कोस्थित गुण सिनेमा हलअगाडी पैदल यउात्रु हिलाल मर्हजनलाई नवराज सापकोटाको गाडीले ठक्कर गाडीले ठक्कर दिएको थियो । घाइत मर्हजनको मंसिर २६ मा मृत्यु भयो । जिल्ला अदालत ललितपुरले चालक सापकोटालाई २१ दिन कैद गरी दुई हजार धरौटीमा छाडेको छ ।

मंसिर १२ मा भत्तपुरको ठिमीमा सडक किनारामा हिँडीरहेका ज्योती मगरलाई ठक्कर दिनै चालक बेलबहादुर तामाङ पनि भत्तलपुर अदालतको आदेशपछि ३५ हजार धरौटीमा रिहा भएका छन् ।मंसिर १७ मा ललितपुरको तान्छीखेलमा नम्बर नखुलेको सवारीले पुरुष पैदल यात्रुलाई ठक्क्र दिएको थियो, उक्त गाडीका चालक भने फरार छन् ।-नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्