Logo

त्यसपछि राजपा सरकारमा जान्छ-लक्ष्मणलाल कर्ण



काठमाडौं, २१ माघ । राष्ट्रिय जनता पार्टीका प्रभावशाली नेता लक्ष्मणलाल कर्णले पार्टी सरकारमा जानसक्ने संकेत गरेका छन् । त्यसका लागि केही शर्तहरु राजपाले सारेको उनले बताए । यसै सेरोफेरोमा ऋषि धमलाले कर्णसँग गरेको कुराकानीः
उपसभामुखको निर्वाच किन हुनसकेन ?
यसको निकास आज निकाल्नुपर्छ ।
आज सहमति हुन्छ ?
सभामुखले त्यसको वातावरण मिलाउनुपर्छ ।
उपसभामुखको टुंगो आज लाग्छ ?
निर्वाचनको कार्यक्रम आज तोक्नुपर्छ । निर्वाचनको क्यालेन्डर तोकिएपछि नोमिनेसन हुन्छ ।
उपसभामुख तपाईंहरुले पाउने कि नेपाली कांग्रेसले ?
उपसभामुख फरक पार्टीको हुनुपर्छ भनिएको छ । अब अहिले कसरी भन्नु कसको भनेर ।
कसले लिने भनेर सत्तारुढ दलसँग सहमति गर्नुभएको छैन ?
अहिलेसम्म मलाई त्यसको बारेमा केही जानकारी छैन ।
उपसभामुखमा राजपाको दावी हो कि होइन ?
राजपाले पाउने भयो भने पार्टीमा ६-६ जना शीर्ष नेताहरु हुनुहुन्छ । उहाँहरुले कुरा गर्नुहुन्छ ।
त्यसभए राजपाले पाउने सम्भावना छ हो ?
अहिलेसम्म निश्चित भएको छैन, पायो भने लिन्छ । तर, त्यसको लागि सत्तारुढ पार्टीले भन्नुप¥यो नि तपाईंहरु यो पद लिनुस् भनेर, अनि हामी नाम छनोट गर्दछौं ।
राजपाले पायो भने कसललाई उपसभामुखको उम्मेदवार बनाउनुहुन्छ ?
उपसभामुखमा हामीले दुई÷तीन जनाको नाम सुनिरहेका छौं । सत्तापक्षबाट पहिला प्रस्ताव आउनुपर्यो अनि न छान्ने हो ।
आज सत्तारुढ दलबाट प्रस्ताव आएपछि तपाईंहरु उम्मेदवार चयन गर्नुहुन्छ ?
हामीसँग ६-६ जना महिला हुनुहुन्छ, उम्मेदवारको कमी छैन ।
तपाईंको पार्टीभित्र सर्वसम्मत रुपमा उम्मेदवार चयन हुन्छ ?
ए बाबा पहिला प्रस्ताव आउनुपर्यो । त्यसपछि न कसलाई बनाउने भन्ने हो ।
यदि आज प्रस्ताव भयो भने सर्वसम्म चयन गर्न सक्नुहुन्छ ?
त्यसरी आयो भने हामी बसेर छलफलबाट टुंग्याउछौं नि ।
हाम्रो देशका नेताहरुकै सम्पत्तिको बारेमा किन छानविनको प्रश्न उठ्न थाल्यो ?
यसको लागि सबैभन्दा पहिला देशबाटै भ्रष्टाचार उन्मुलन हुनुपर्छ । त्यो नहुँदासम्म विकासको कल्पना गर्न सकिँदैन । यसरी भ्रष्टीकरण बढेपछि केही मुठ्ठिभर मान्छेहरु मात्रै मोटाउँछन् । जनताहरु झन् गरीव बन्दै जान्छन् । त्यसकारण नौटंकी गर्ने होइन भ्रष्टाचारी छौं भनेर आपैm डिक्लियर गरेर स्वीकारौं न । हिजो कसको प्रोपटी कति थियो, को कहाँबाट बढे कसलाई थाहा छैन । सरकारले भन्नुपर्छ गैरकानुनी रुपले कमाएको सम्पत्ति स्वच्छाले फिर्ता गर्ने समय दिनुपर्छ । तलदेखि माथिसम्म ब्यापक रुपमा भ्रष्टाचार भइरहेको छ ।
नेपालमा भ्रष्टचार बढ्यो जनप्रतिनिधिहरुले पनि काम गरेनन् भनेर राष्ट्रिय बहस नै चलेको छ किन यस्तो भएको ?
पहिला त तिनैतहमा अहिलेको संघीयतालाई स्वीकारेर काम गरेको देखिँदैन । अझ स्थानीय र प्रदेशमा त ५० प्रतिशत पनि काम हुँदैन । किन हुँदैन भने त्यहाँ उपयुक्त कर्मचारी नै राखिँदैन । स्थानीय तहमा कर्मचारी नियुक्ति गर्नुपर्ने प्रदेश हो । नगरपालिका, गाउपालिकाहरुमा उपयुक्त कर्मचारी छैनन्, भएपनि प्रशासकीय अधिकृत छन्, एकाउन्टेन्ट छैनन् । प्रदेश सरकारलाई आफ्नो ठाउँमा हिंडाउन सक्नुपर्छ । विकास बजेटको लागि प्रदेशले पनि निर्देशिका तयार गर्नुपर्छ । संघले पनि गाउपालिकाहरु निर्देश तयार गरेर तालिम दिनुपर्छ । संघले निर्देशिका दिने, अनुगमन गर्नुपर्छ अनि न काम हुन्छ । खाली भ्रष्टाचारी हो भनेर हुन्छ । भ्रष्टाचार भएको छ भने भनेर मात्रै हुन्छ ? त्यसलाई कारबाही गर्नुपर्छ ।
जनचाहना अनुसार काम गर्न तपाईंहरु पनि कमजोर भएको हो ?
जनप्रतिनिधिहरुले जनचाहना अनुसार काम गरेनन्, भ्रष्टाचारी भए भने उनीहरुलाई जनताले नै ह्वीप लगाइहाल्छन् नि । नेता भ्रष्टाचारी, तानशाही भयो भने जनताले कारबाही गर्ने विधि लोकतन्त्रमा जहाँ पनि हुन्छ । कोही नेता यदि साच्चिकै भ्रष्टाचारी छ भने त्यसलाई हेर्ने हाम्रो देशमा अख्तियारदुरुपयोग अनुसन्धान आयोगदेखि विभिन्न निकायहरु छन् । धेरै कम देशमा होला यसस्ता संवैधानिक अंग हाम्रो देशमा छ । अख्तियारको काम के हो उसले खाली खरदार, मुखिया, बहिदारलाई समात्ने हो ? यदि भ्रष्टाचारी छ भने जुन पदको भएपनि उसलाई समातेर कारबाही गर्नुप¥यो । कारबाही नगर्ने खाली भ्रष्टाचारी मात्रै भनेर हल्ला गर्ने हो भने त्यसले झन् देश बद्नाम हुन्छ ।
अब प्रदेश नम्बर २ मा नेकपासँग मिलेर सरकार बनाउँदैहुनुहुन्छ हो ?
यो पनि मानिसहरुले बेकारको हल्ला गरिरहेका छन् । यहाँको सरकार संकटमा परेको होइन । सरकारको समाप्ति कहिल्यै हुँदैन, उसको अविछिन्न उत्तरराधिकारी हुन्छ । अहिले नेकपासँग मिलेर सरकार बनाउने भन्ने गम्भीर विषय हो । त्यसमा अहिलेसम्म कुनै कुराकानी भएको छैन ।
अहिलेको गठबन्धन तोडेर नेकपासँग सरकारमा जाने सम्भावना कत्तिको छ ?
हामीले सत्तापक्षलाई त दुई अगाडिदेखि नै भनिराखेका छौं नि, ‘मुद्दा फिर्ता गर, संविधान संशोधन गर सरकारमा आउँछौं’ भनेर । हामीले यो सरकार अछुत हो भनेका छैनौं चुनावको बेला जुन प्रतिज्ञा गरेका थियौं त्यो माग पुरा हुनुपर्छ । जसरी आन्दोलनका बेला मारिएका र मुद्दा लागेर जेलमा बसेका व्यक्तिहरुको व्यवस्थापन हुनुपर्छ अनि मात्रै हामी सरकारमा जान्छौं ।
नेकपासँग मिल्न थालेपछि तपाईंहरुको एकतामा बोलचाल नै बन्द भयो रे हो ?
हाम्रो एकताबीच सहकार्य नै बन्द भयो, बोलचालै छैन भन्छ भने त्यो गलत हो । संसद्मै हेर्दा पनि एकअर्कासँग कुरा गरिराखेका हुन्छौं ।



प्रतिक्रिया दिनुहोस्