ग्याष्ट्रिकको सरल उपचार


प्राय : जसो घरमा ग्याष्ट्रिकको बिरामीहरु देखा पर्नेगर्छ । ग्याष्ट्रिक सानो रोगको रुपमा मानिसहरुले लिनेगर्छन तर यसको समयमा उपचार नभए यसले घातक रोग निम्त्याँउन सक्छ । पेटको माथिल्लो तहमा दुख्ने, अस्वाभाविक अनुभव हुने, पेट पोल्ने, पेट दुख्ने यस्ता प्रकारका लक्षण देखेमा ग्याष्ट्रिक भएको बुझनु पर्दछ ।

ग्याष्ट्रिकको प्रमुख कारण :

ग्याष्ट्रिकको मुख्य कारण खानपान हो । मानिसको जीवन व्यस्त भएको कारण समयमा खनपान हुन नसक्ने र त्यसल ग्याष्ट्रिक निम्त्याँउने गर्छ । मानसिक र शारीरक स्ट्रेसको कारण पनि ग्याष्ट्रिक हुन सक्छ । धेरै समय सम्म पेट खाली हुँदा पनि ग्याष्ट्रिक हुनेगर्छ । धेरै किसिमका चिल्लो, पिरो खाएमा पनि ग्याष्ट्रिक हुनेगर्छ । पानीको नियमित मात्रामा सेवन नगर्नाले पनि ग्याष्ट्रिक हुनेगर्छ ।

ग्याष्ट्रिकको लक्षण :

ग्याष्ट्रिक भएको व्यक्तिलाई पेट दुख्ने, खानामा रुचि नहुने, मुखमा हमिलो पानी आउनु, छाती पोल्नु, दिशा पातलो हुनु यस रोगको मुख्य लक्षण हो ।

ग्याष्ट्रिकको उपचार :

नियमित रुपमा पानी सेवन गर्ने, समयमा खाना खाने, खाली पेट नबस्ने, प्रत्येक चार घण्टामा केहि मात्रामा काहार लिने, तनावमा नबस्ने, स्ट्रेस धेरै नलिने, दैनिक व्यायाम गर्ने, जाँड रक्सि सेवन नगर्ने, ग्याष्ट्रिकको औषधि कम मात्रामा प्रयोग गर्ने यी सब दैनिक जीवनमा प्रयोग गरेमा ग्याष्ट्रिकलाई हटाउँन सकिन्छ । Photo Source : Boldsky