Logo

होटल बुकिङ धमाधम रद्द



भैरहवा, माघ २२ । चीनसहित एसियाली देशहरुको अर्थतन्त्रमा असर पारेको नोवेल कोरोना भाइरसले नेपालमा पनि असर गरेको छ। कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि यसको असर पर्यटकीय गनतव्य लुम्बिनी र नेपालको पर्यटन क्षेत्रमा देखिएको हो।

नेपाल सरकारले भिजिट नेपाल २०२० सुरु गरेसँगै जनवरीमा केही असर पारेको कोरोनाले फेब्रुअरीको सुरुदेखि नै पर्यटन व्यवसायमा प्रभाव पारेको छ। भाइरसकै कारण काठमाडौं सहित पोखरा, चितवन, भैरहवा,लुम्बिनी लगायत क्षेत्रका होटलमा अग्रिम बुकिङ भएको प्याकेज र होटल रद्द भइरहेका छन्।

भैरहवास्थित द पिकबोधी रेडसन होटलका निर्देशक यादवप्रसाद पाण्डेका अनुसार फेबु्रअरी पर्यटनका लागि सिजन भएपनि पर्यटक आगमन अत्यधिक कम रहेको बताए। बढी आउने पर्यटक चिनियाँँ गु्रपहरुले अग्रिम बुक गरेको धमाधम बुकिङ रद्द गरिरहेका छन्।

फेब्रुअरीमा १२ वटा बुकिङ अग्रिम थियो अहिले रद्द भइसकेको छ, द पिकका उपाध्यक्षसमेत रहेका पाण्डेले भने, ‘भाइरसकै असरले अन्य देशका पर्यटकले पनि भ्रमण रद्द गरिरहेका छन् अहिले पर्यटकको सिजनको सुरुमै यो नराम्रो संकेत आएको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्