Logo

नेकपा अब डबल नेतृत्वबाट चल्दैन, एकल नेतृत्व आउँछ- मणि थापा



काठमाडौं, २२ माघ । नेपाल कम्युनिष्ट पार्टीका नेता मणि थापा विचारको राजनीतिमा केन्द्रित हुने गर्छन् । अध्यक्ष प्रचण्डका निकटस्थ थापाले नेकपा अब एकल नेतृत्वबाट अगाडि बढ्ने बताएका छन् । आगामी महाधिवेशनबाट डबल नेतृत्व नरहने भन्दै नेकपाको आन्तरिक राजनीतिको चिरफार गरेका छन् । थापासँग ऋषि धमलाले गरेको कुराकानीः
प्रधानमन्त्री अझै तीन वर्ष आफ्नै नेतृत्वमा सरकार चलाउँछु भन्नुहुन्छ, उहाँको कार्यशैलीलाई लिएर पार्टी सहमत छ ?
उहाँले जसरी अझै म तीन वर्ष काम गर्छु भन्नुभएको छ, त्यो पार्टीबाट निर्णय भएकै अवस्था हो । त्यसमा दुई अध्यक्षबीच कार्य विभाजन पनि भइसकेको छ ।
त्यसोभए प्रधानमन्त्रीलाई अरु तीन वर्ष काम गर्न पार्टीबाट असहयोग हुँदैन ?
उहाँप्रति धेरै विवाद छैन, त्यसैले पार्टीले असहयोग गर्दैन ।
प्रधामन्त्रीलाई सहयोग गर्नेबारे कुरा मिलिसकेको छ ?
उहाँलाई पार्टी पूर्ण रुपमा सहयोग गर्ने भनेर कुरा मिलिसकेको छ ।
तपाईंंहरुको २०७७ चैतमा महाधिवेशन हुँदैछ, त्यसबाट एकल नेतृत्वमा पार्टी जान्छ ?
त्यो त जानैपर्छ नि । अहिले संक्रमणकाल भएकाले डबल नेतृत्वको व्यवस्था गरिएको हो । यस्तो डबल नेतृत्वले पार्टी चल्न सक्दैन । संक्रमणकै कारण अहिलेको सरकारमा केही कमीकमजोरीहरु आएको कुरा केन्द्रीय समिटिले ठम्म्याएको छ । त्यसकारण पनि महाधिवेशनपछि एकल नेतृत्वबाटै पार्टी अगाडि बढ्छ ।
त्यतिखेर प्रधानमन्त्री केपी ओलीले नै अध्यक्ष दाबी गर्नुभयो भने के गर्नुहुन्छ ?
त्यो त महाधिवेशन हो, उहाँले पनि दाबी गर्न सक्नुहुन्छ, अरुले पनि दाबी गर्न सक्छन् ।
महाधिवेशनपछि उहाँ नै पार्टी अध्यक्ष र उहाँ नै प्रधानमन्त्री बन्ने अवस्था छ कि छैन ?
महाधिवेशनपछिको स्थिति त अहिले नै आँकलन गर्न सकिदैन । तर त्यो महाधिवेशनपछि एकल नेतृत्वमै पार्टी जान्छ । नत्र पार्टीलाई सही रुपले सञ्चालन गर्न सक्दैनौं । त्यसपछि पार्टी अध्यक्ष प्रधानमन्त्री को हुन्छ भन्ने कुरा त्यो परिस्थितिले निर्माण गर्ने कुरा हो ।
आउने महाधिवेशनमा नेतृत्व र नीतिलाई लिएर विवाद हुन्छ त ?
विवादै त नभनौ, प्रतिस्पर्धा हुन्छ । त्यो प्रतिस्पर्धालाई सबैले सरल र स्वाभाविक रुपले लिनुपर्छ । तलदेखि माथिसम्म राम्रो प्रतिस्पर्धा हुन्छ । हिजो पनि पूर्व एमालेमा प्रर्तिपर्धा थियो, पूर्व माओवादीमा त्यो थिएन । त्यसकारण प्रतिस्पर्धालाई सबैले स्वाभाविक रुपमा लिएर जाँदा जित हार कसको हुन्छ त्यो समयले नै निर्धारण गर्ने छ ।
प्रधानमन्त्रीले त एमसीसी यही प्रतिनिधिसभाले पारित गर्छ भन्नुभयो तपाईंहरुको विमति छ कि छैन ?
केन्द्रीय कमिटीले जे निर्णय गर्यो, अनुसन्धान टोलीले जे निर्णय गर्छ त्यसमा पार्टी र सरकार चल्नुपर्छ । पछिल्लो समय सरकार पार्टीले चलाउँछ भनिरहँदा पार्टीको डिसिजनलाई मानेर जाने कुरा हो ।
प्रधानमन्त्रीले त आगामी संसद्बाटै एमसीसी पारित गराउने भनिसक्नुभएको छ नि ?
मलाई उहाँले त्यस्तो भनेको जस्तो लाग्दैन । झलनाथ खनालजीको नेतृत्वमा छनविन कमिटी बनेको त्यसको डिसिजन नआउँदासम्म केही हुन्छ जस्तो लाग्दैन ।
प्रधानमन्त्रीको दृष्टिकोणलाई पनि मान्नुहुन्न ?
उहाँको दृष्टिकोण भन्दा पनि त्यसको अध्ययनको लागि तीन सदस्यीय कार्यदल बनाइएको छ । त्यसको निक्र्यौल नआउँदासम्म केही हुँदैन । तर, प्रधानमन्त्रीको भने पहिलादेखि पास गर्नुपर्छ भन्ने दृष्टिकोण आएको कार्यदलको डिसिजनपछि उहाँको दिशातिर ओरेन्टिएड हुनुपर्छ ।
प्रधानमन्त्रीले पारित गराउँछु भन्नुभएको छ, कार्यदलले हुँदैन भन्यो भने के गर्ने ?
त्यस्तो त नहोला । प्रधानमन्त्रीले कुन स्पिडमा बोल्नुभयो मैले ठ्याक्कै उहाँको भाषण सुनेको छैन ।
हिजो मात्रै प्रधानमन्त्रीले सञ्चाकर्मीदेखि विभिन्न सरोकारवाला तहहरु बसेर छलफल पनि गर्नुभएको छ नि ?
सरकारका बारेमा पछिल्लो समय केही विवादहरु आएका छन् । त्यसलाई प्रधानमन्त्री लेबलबाट सम्वोधन गर्ने कुरा जाहेज छ । त्यसपछि एमसीसीको कुरा छ त्यो केन्द्रीय कमिटीको स्प्रिडलाई सबैले मान्नुपर्ने हुन्छ । यसैको आडमा छनविन कमिटि बनाइएको छ । त्यसले जे निर्णय गर्छ त्यसलाई सबैले फलोअप गर्नुपर्छ ।
प्रधानमन्त्रीले त तपाईंहरु लगारतार बलिङ गर्ने मैले एक पटक पनि ब्याटिङ गर्न नपाउने भन्नुभयो नि ?
प्रधानमन्त्रीको काम गर्ने बोल्ने आफ्नो स्टाइल छ । उहाँको स्टाइलबाट हामी सबै कार्यकर्ता, नेपाली जनता र मिडियाजगत पनि अनुभूत भएकाले ती स्टाइलभित्र कतिपय घोचपेच, कतिपय रमाइलाहरु छन् । यी सबै कुराको मूल्यांकन गरेर आउँदा के गर्दा पार्टी र सरकारलाई नयाँ अनुभूतसहित अगाडि बढाउन सकिन्छ भनेर सोचिएको छ । प्रधानमन्त्रीले पनि मेरो आलोचना गरेर कमीकमजोरी देखाइदिनुस् पनि भनिराख्नुभएको छ । त्यसैले धेरै टिकाटिप्पणी गरिहाल्नुभन्दा पनि केही पर्खेर रिजल्ट हेरौं भन्ने मलाई लाग्छ ।
प्रधानमन्त्रीले त यो पार्टी एक बनाउन मेरो महत्वपूर्ण भूमिका छ त्यसैले मलाई सबैले सहयोग गर्नुपर्छ भन्दा तपाईंहरुले सहयो गर्नुभएको छैन ?
सहयोग गर्नुपर्छ । अहिलेको केन्द्रीय कमिटिमा पनि सरकार र पार्टीबीच अन्तरवस्तु देखाप¥यो । त्यसलाई मिलाएर जानुपर्छ । सरकारले गरेका राम्रो काम पनि पार्टीले वन गर्न सक्ने र प्रचार–प्रचार गर्न सक्ने स्थिति छैन भन्ने पनि भएको हुनाले सरकारको कामको वनरसीप पार्टीले लिनुपर्छ । पार्टीको पहलकदमीको भावनाको कदर पनि सरकारले गर्नुपर्छ भनेर छ्याङ्ग हुने गरी केन्द्रीय कमिटिले बोलिसकेपछि हामीले दावी कुरा गर्नु केन्द्रीय कमिटिको भनाइ अवज्ञ गरेजस्तो हुन्छ । यो सरकार असफल हुँदा कम्युनिस्ट पार्टी मात्रै असफल हुँदैन । गणतन्त्रको प्रोसेस पनि असफल हुन्छ भनेर हामीले त्यसको स्प्रिरिटमा काम गरिरहेका छौं ।
अब पार्टीले सरकार चलाउने कि सरकारले पार्टी चलाउने भन्ने विवाद पनि छ नि ?
स्वयम सरकारको नेतृत्व नै पार्टी अध्यक्षले गरिराखेकाले त्यहाँ त्यति ठूलो अप्ठ्यारो पर्दैन । पार्टी राम्रोसँग एकीकृत नएकाले पार्टी एकातिर सरकार अर्कोतिर जस्तो स्थानीय तह र प्रदेशतहमा सरकार एकतातिर पार्टी अर्कोतिर जस्तो देखिएका छन् । त्यसैले अहिले पार्टी र सरकारका बीचको अन्तरद्वन्द्वलाई मिलाउने काम भइराखेको छ ।
अब तपाईंहरु भ्रष्टाचार अन्त्यको लागि एक भएर जान सक्नुहुन्छ ?
देशमा ब्याप्त भ्रष्टाचारको अन्त्य, शान्ति, समृद्धि र विकास हाम्रो मूल नारा नै हो ।
त्यो नारालाई व्यवहारमा त उतारन सक्नुभएन नि ?
कामै नगरेको चाहीं होइन, तर देखिने गरी भएन भन्ने गुनासो छ । तर, अहिलेको केन्द्रीय कमिटि बैठकले त्यसबारे स्पष्ट निर्देशन दिइसकेको छ । सरकार र पार्टीको रुपान्तरणको कुरा पनि केन्द्रीय कमिटिले गरेको छ ।
कतिपय नेताहरुको सम्पत्ति छानविन गर्नुपर्छ भन्दा पनि केन्द्रीय कमिटिले कुनै निर्णय गरेन नि ?
त्यसको जिम्मा अनुशासन आयोगलाई दिइएको छ । त्यसले कसरी छानविन गर्छ भन्ने कुरा हेर्नुपर्छ ।
भ्रष्टाचारले त नेकपालाई गाँजेको छ नि ?
भ्रष्टाचार त अहिले सर्वब्यापी रुपमा भएको छ । त्यसबारेमा हाम्रो पार्टीका नेता, कार्यकर्ता सबैको ध्यान आक्रिष्ट भएको छ । यसको रातारात निराकरण भइहाल्छ भन्ने त होइन । तर कमजोर बनाउँदै जानुपर्छ । त्यसलाई फेरि आउने निर्वाचनमा जनताले कारबाही गर्दछन् ।
चीनबाट नेपाली विद्यार्थी किन ल्याउन सकिएन ?
चीनबाट नेपाली विद्यार्थीले दिएको अन्तर्वार्ता हेर्दा त्यहाँको अवस्था काहालीलाग्दो छ । तर हाम्रा स्वास्थ्यले बोलेको सुनेको थिएँ, उहाँले ‘नेपालमा अहिले कुनै पनि समस्या छैन भन्नुभएको थियो । चीनमा भएका हाम्रा विद्यार्थीहरुको पनि कुनै समस्या छैन । तर हामीले उहाँहरुलाई स्वदेश फिर्ता गर्नुपर्छ त्यसको तयारी भइरहेको छ भन्नुभएको छ ।’



प्रतिक्रिया दिनुहोस्