Logo

वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन



काठमाडौं, २२ माघ । वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ । उनको हृदयघातबाट निधन भएको बुझिएको छ ।

७२ वर्षीय शर्माको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोराकिक भास्कुलर एन्ड ट्रान्स्प्लान्ट सेन्टरमा निधन भएको हो । उनी केही दिनअघि मुटुमा समस्या भई महाराजगञ्जस्थित सहीद गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका थिए । अस्पतालमा केही दिन राखेपछि पिसाबमा समस्या आएपछि उनलाई मनमोहन केन्द्रमा लगिएको थियो ।

शर्माका पत्नी र दुई छोरा छन् । उनी लामो समय नेपाल टेलिभिजनमा कार्यरत रहे । नेपालको टेलिभिजन इतिहासमा शर्माको महत्वपूर्ण भूमिका छ । उनी नेपाल टेलिभिजनको चर्चित कार्यक्रम विश्व घटनाका प्रस्तोता समेत रहेर लोकप्रीय बने ।

शर्माको पछिल्लो पटक आत्मकथा समेत सार्वजनिक भएको छ । ब्रदर्श बुक्सले उनको आत्मकथा प्रकाशित गरेको हो ।



प्रतिक्रिया दिनुहोस्