Logo

नेपालको खराब सुरुवात, दुवै ओपनर आउट



काठमाडौँ २२ माघ : आईसीसी विश्वकप क्रिकेट लिगमा पहिलो ब्याटिंग गरेको ओमानले नेपालाई १९८ रनको लक्ष्य दिएको छ । दोश्रो ब्याटिंग गरिरहेको नेपालले खराब सुरुवात गरेको छ । ओपनर आएका कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्का छिट्टै आउट भएका छन् ।

कप्तान ज्ञानेन्द्र १ रन बनाएर आउट भए भने पारसले ३ रन बनाएर आउट भएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १९७ रन बनाएको थियो । नेपालले ११ ओभरको समाप्तिमा २८ रन जोडेर दुई विकेट गुमाएको छ ।



प्रतिक्रिया दिनुहोस्