Logo

मन्त्री बाँस्कोटाकै अघि टेलिकमका कर्मचारीहरुको विरोध प्रदर्शन (फोटोफिचर)



काठमाडौं, २२ माघ । नेपाल टेलिकमको विनियमावलीको विरोध गर्दै कर्मचारीहरुले आन्दोलन गर्दै आएका छन् । बुधबारको १६ औं वार्षिक उत्सव समारोहमा पनि विभागीय मन्त्री गोकुल प्रसाद बाँस्कोटाकै अघि कर्मचारीहरुले प्रदर्शन गरेका थिए ।

तर, उनले विनियमावली सरकारले बनाउने नभइ लोक सेवा आयोगले बनाउने स्पष्ट पारे । कुनै पनि संस्थाको वार्षिकोत्सव आमाको जन्मोत्सवजस्तै भएको भन्दै मन्त्री बास्कोटाले कर्मचारीहरुलाई भने, ‘आमाको जन्मोत्सवमा त खुसी हुने हो, शंख बजाउने होइन । संस्थालाई माया गर्नुस् ।’

उनले भने,‘टेलिकमलाई सरकारले कान्छा छोरा–छोरीलाईजस्तो माया गरेको छ, तपाईंले शोक मनाउने होइन । जन्मदिनको दिनमा पनि खुसी मनाउन नसक्ने कस्तो हो तपाईंहरुको प्रवृत्ति ?’

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्