काठमाडौं, २३ माघ । बालुवाटार जग्गा प्रकरणमा उपसभापति विजयकुमार गच्छदारमाथि परेको मुद्दाको विषयलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा प्रवेश गराएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषालले यो प्रकरण उठाएकी छिन् ।
यसअघि आज बसेको कांग्रेस पदाधिकारी बैठकले पनि गच्छदारमाथिको मुद्दा राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको निष्कर्ष निकालेको थियो । बिहीवार बिहान सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा बसेको पदाधिकारीको आकस्मिक बैठकले कम्युनिस्ट सरकारले गच्छदारमाथि राजनीतिक पूर्वाग्रह साँधेको आरोप लगाएको हो ।




प्रतिक्रिया