Logo

रजनीकान्तका फिल्म वितरक भोक हड्तालमा



चेन्नई ,माघ २३ । अभिनेता रजनीकान्तको ‘दमदार’फिल्म बक्स–अफिस कलेक्शनमा कमजोर भएपछि वितरकले भोक हड्ताल गर्ने घोषणा गरेका छन् । दूई सय करोड भारुको बजेटमा बनाइएको उक्त फिल्मले ७० करोड घाटा बेर्होनु परको थियो । क्षतिपुर्तीको माग सहित अभिनेता रजनीकान्तसँग भेट्न खोज्दा उनले समय नदिएपछि वितरकले भोक हड्ताल गर्ने निर्णय गर्ने भएका हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनी अभिनित सन् २०१४ को ‘लिंगा’ फिल्म बक्स–अफिसमा असफल भएपनि वितरकले पैसा फिर्ता पाएका थिए । सो फिल्मबाट उनले मात्र एक सय १० करोड लिएका थिए ।

यस फिल्मलाई अभिनेता रजनीकान्त र फिल्ममेकर एआर मुरुगदासले संयुक्त रुपमा र्निाण गरेका थिए । २५ वर्षपछि उनी प्रहरीको भुमिकामा यस फिल्मबाट कमब्याक गरेका थिए । फिल्ममा उनीसहित अभिनेत्री नयनतार, सुनिल सेट्टी ,प्रतिक बब्ब्।र , निभिथा थोमस र योगी बाबु लगायत कलाकारको अभिनय गरेका थिए । फिल्ममा अनिरद्ध रविचन्दरले संगीत दिएका छन् भने सन्तोष सिभानले खिचेका थिए । अभिनेता रजनीकान्त र फिल्ममेकर मुरुगदास नयाँ फिल्मको लागी सहकार्य गरिरहेका छन् । हाल अभिनेता रजनीकान्त निर्देशक शीवाको तमिल फिल्ममा व्यस्त छन् । (नागरीक दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्