Logo

साकिरा र जेनिफरको संयुक्त धमकेदार प्रस्तुति



फ्लोरीडा, माघ २३ । गायीका साकीरा र जेनिफर लोपेजले दमदार प्रस्तुति दिएका छन् । फ्लोरीडामा आयोजित सुपर बाउल हाफटाइम सोमा गायीका साकीरा र जेनिफरले दमदार प्रस्तुती दिएका थिए ।
अमेरिकाको सञ्चारमाध्यमका अनुसार सुपर बाउल मा साकिरा र जेनिफर लोपेजले एकसाथ अविष्मरणीय प्रस्तुती दिएका थिए ।

सन् २०१७ को सुपर बाउलमा गायीका गागाको भन्दा विशेष प्रस्तुती दिएको दाबी अमेरिकी सञ्चारमाध्यमले गरेका थिए । दुई ल्याटिन कलाकारहरुले सुपर बाउलमा इतिहास रच्दै एक साथ स्टेजमा देखिएका थिए । उनीहरुलाई महिला ऊर्जाको प्रतिक मानिएको थियो । गायीका लोपेजले आफ्नी ११ वर्षिया छोरी ऐम्सहित अन्य बालिकाहरुसँग सांगीतिक प्रस्तुती दिएकी थिइन् ।

आफ्नो ४३ औं जन्मदिन मनाउदै गरेकी गायीका जेनिफरले सदावहार प्रस्तुतिले दर्शकको मन जित्न सफल भइन् । सामाजिक सञ्जालमा ‘सुपर बाउल’ र ‘साकीरा’ जस्ता ह्यमसट्यास टेन्डिङमा परेका थिए । यसअघि दुवै गायीकाकाले एकसाथ सांगीतिक प्रस्तुति दिने जानकारी आ–आफ्नो सामाजिक सञ्जाल मार्फत गराएका थिए ।

सोको एनएफएल , पेप्सी र रक नेन्ससले संयुक्त रुपमा आयोजना गरेका थिए । दुवै गायीकाहरुको सन् १९९० को दशकदेखि स्पेनिस र अंग्रेजी भाषामा गीत गाउँदै आएका छन् । दुवैका गीतहरु ल्याटिनको सांगीतिक चार्टमा हिट भएको थियो । यी दुवै लोकप्रिय गायीकाहरु एकसाथ देखिनु ने रोचक छ । कारण दुवै गायीकाले नयाँ उदाहरण स्थापित गरेका छन् । उनीहरुले युगको अश्विसनीय प्रर्दशन दिएका छन् । (नागरिक दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्