Logo

राष्ट्रिय बाल नाटक महोत्सव सुरु



काठमाडौ,माघ २३ । शैली थिएटरको आयोजनामा राष्ट्रिय बाल नाटक सुरु भएको छ । बुधबार राजधानीको रसियन कल्चर सेन्टरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्र्टराईले महोत्सब को उद्घाटन गरेका थिए । ‘बालबालिकालाई कला र साहित्यमा लाग्न प्रेरित गर्र्दै आयोजना भइरहेको महात्सवले उनीहरु विकासमा समेत महत्वपुर्ण भुमिका खेलेको छ ।

नयाँ पुस्ताले नेपाली कला र साहित्यमा रुचि देखाउने कुरालाई सकारात्मक रुपमा लिनुपर्छ , ’ उनले भने । महोत्सबको उद्घाटनलगत्तै शैली थिएटरको ‘सुनौला माछा’ नाटक मञ्चन भएको थियो । नवराज बुढाथोकीद्धारा निर्देशीत सो नाटकमा सम्पतिको लोभले निम्याएको पिडालाई समेटिएको छ । नाटकमा निमा पाण्डे ,सुवास सुवेदी ,करिश्मा केसी ,निर्भिक भट्टराई र विशाल घिमिरे ले अभिनय गरेका छन् भने यसमा संगीतमा देवैन्द्र बल्लुले दिएका छन् ।

आगामी माघ २९ सम्म चल्ने महोत्सवको यो ११ औं संस्करण हो । कुलपति नारायण झक्त श्रेष्ठ ले नयाँ पुस्तालाई नेपाली कला र सांस्कृतिबारे जानकारी गराउन सके यसको जर्गेनामा उनीहरुले समेत योगदान दिने बताए । (नागरिक दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्