Logo

सञ्चित कोषको १८ करोड दुरुपयोग



काठमाडौं, माघ २४ । रौतहटको देवाहीगोनाही नगरपालिका प्रमुख धर्मेन्द्रकुमार पटेलसहित पाँच जनाविरुद्ध अख्तियारमा अनियमिताको उजुरी परेको छ।

नगर प्रमुख पटेल, तत्कालीन प्रशासकीय अधिकृत नागेन्द्र्र पटेल, निमित्त प्रशासकीय अधिकृत मनोज झा र लेखापाल नरेन्द्र यादवको मिलेमतोमा सञ्चित कोषको रकम हिनामिना भएको उजुरीमा उल्लेख छ। उनीहरूले आर्थिक वर्ष २०७५र७६ को बजेट नगरसभाबाट पारित नगरी १८ करोेड २६ लाखभन्दा बढी रकम आफ्नो पद र अधिकारको प्रयोग गरी दुरुपयोग गरेको उजुरीकर्ताको दाबी छ।

सर्त अनुदान ८ करोड ९८ लाख, राजस्व बाँडफाँट ५ करोड ३९ लाख, मालपोततर्फको आन्तरिक आम्दानीबाट ६७ लाख, प्रदेशतर्फको विशेष अनुदान ९७ लाख, संघीय सरकारबाट समानीकरण अनुदानमध्येबाट २ करोड २५ लाख रुपैयाँ कोषमा जम्मा भएको थियो।

उक्त रकम संविधानको धारा २२९ ९२०, स्थानीय सरकार सञ्चालन ऐन २०७४ परिच्छेद १० बमोजिम आर्थिक कार्य प्रणालीसम्बन्धी प्रक्रिया पूरा गरेर, स्थानीय राजपत्रमा प्रकाशन गरी, नगरसभाबाट स्वीकृत नीति तथा कार्यक्रम र बजेट समेटिएको नगर विकास कार्यक्रम पुस्तिका सार्वजनिक गरेर मात्रै खर्च गर्ने व्यवस्था छ।

गत मंसिर ११ गते बसेको कार्यपालिका बैठकमा २०७६र७७ को नीति तथा कार्यक्रम र बजेट नगरसभामा पेस गर्ने एजेन्डामा छलफल हुँदा सञ्चित कोषको रकम खर्च भयो भनेपछि उपप्रमुखलगायत सदस्यले बहिष्कार गरेका थिए। त्यसपछि नगर प्रमुखले नगरसभा भंग गरेपछि बजेट पारित हुन नसकेको आजको अन्नपूर्ण पोस्टमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्