Logo

मलाईका अरोडाको पछि पछि …



बलिउड अभिनेत्री मलाइका अरोडा र अर्जूृन कपुरको सम्बन्धको विषयलाई लिएर एकपटक फेरि यो जोडी चर्चामा आएको छ ।मंगलबार मध्य रातमा अरमान जैन र अनिशा मल्होत्राकोे विवाहको ककटेल पार्टीमा सहभागी हुन गएको यो जोडी को तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

उनी भेन्युमा पुग्ने बित्तिकै मलाइका लाई पर्खिरहन्छन् । मलाइका भेन्युमा पुगेपछि दुवैले फोटो सुट गराएका छन् । यसका साथै सामाजिक सञ्जालमा अर्को भिडियो भाइरल भएको छ । भिडीयोमा मलाइका व्यवसायी मुकेश अम्बानी र उनकी पत्नी नीतासँग भेट गर्न जब अघि अगाडी बढ्छन् ।

बोल्ड लुक्सका कारण सुन्दर जोडीको रुपमा चर्चित यो जोडी ‘टक अफ दी टाउन’ बनेका छन् । (अन्नपुर्णपोस्टबाट)



प्रतिक्रिया दिनुहोस्