Logo

दैनिक ५ लाखको भ्रष्टाचार हुने कार्यालय



काठमाडौ । झट्ट सुन्दा तपाईलाई विश्वास नलाग्न सक्छ कि कुनै एउटा सरकारी अखडा जहाँ दिनकोे लाख बढकिो अवैध असुली खुलेआम हुने गर्दछ । तल्लो तहका जनातासँग प्रत्यक्ष सरोकार राख्ने उक्त कार्यालयमा हुने र भइरहेका यो उठती धन्दा थाहा हुदाँहुदैँ पनि राज्यका निकायहरु आँखा चिम्लेर बस्ने गरेका छन् ।

वैदेशिक रोजगार विभाग अन्र्तगतको वैदेशिक रोजगार कार्यालय ताहाचलको कथा हो यो । जहाँ दैनिक ५ लाख रुपैयाँ भन्दा बढि उठती निरन्तर भइरहेको छ । तर त्यहि कार्यालय भने महिनौँदेखि निमित्त प्रमुखको रुपमा रहेको छ । ताहाचल कार्यालय को नामले चिनिने यस अखडामा देवेन्द्र कार्की नाम गरेका निमित्त प्रमुख रहेका छन् । उनकै संलग्नतामा दिनकै लाखाँ लाख रुपैयाँ सर्वसाधारणबाट उठाउने काम भइरहेको छ । लामो समय निमित्तको भरमा रहेको सो कार्यालयको प्रमुख बनेर आएकी रुद्रादेवी शर्मालाईए चार दिनमै रामेछापको सिडियो बनाएर पठाइपछि उने भ्रष्ट कार्की फेरी सो कार्यालयको निमित्त प्रमुख बनेका छन् ।

साना मेनपावर कम्पनीहरु र व्यक्तिगत भिसाकालागी आवेदन दिनेहरुबाट दैनिक कम्तमिा ५ लाख रुपैयाँ अवैध असुली गर्ने गरिएको त्यहिकै कर्मचारीहरुले बताएका छन् । ह्श्वदीर्घदेखि सामान्य भन्दा सामान्य कमी कमीकमजोरीलाई पनि ठुल्ठुलो रकम असुली गर्ने गर्दछन् कर्मचारीहरु । साउदीको डकुमेन्टको अनुवाद मिलेन भनेर त मिनेटैपिच्छे खाने काम भइरहेका पाइन्छ । (नेपालीपत्र)



प्रतिक्रिया दिनुहोस्