Logo

अभिनयमा सिकारु सुमन



काठमाडौ ,माघ २४ । नेपाल टेलिभिजन बाट प्रसारण हुने स्वास्थ्य टेलिसिरियल ‘जीवनचक्र ’मा अनिताको भुमिकामा छिन् सुमन ढकाल । सरस्वती कलेजमा ब्याचलर्स पढ्दै गरेकी सुमन यसअघि खैलाबैला , भाग्य आआफ्नो , कथा यस्तो लगायतका टेलिसिरीयलमा अभिनय गरिसकेकी छन् ।

एकलव्य साङ्लो, सेल्फी,किंग जस्ता फिल्ममा पनि सुमनको अभिनय देख्न सकिन्छ ।यसका साथै आधुनिक गीत र लोकगीतका थुुपै्र भिडियोमा पनि अभिनय छ उनको । अन्जु पन्तको आमा बोलको गीत, भन्छु आज मनका कुरा गीतमा उनले अभिनय गरेकोकभर भिडियोले दर्शकको माया पाएको थियो । त्यैसले एसएलसी पछी थप अध्ययनका लागी काठमाडौ आइन् ।

नुवाकोट , तारुकाकी सु्मन का घरमा पसल थियो ।्बुबाआमालाई सघाउने क्रममा सामान्य व्यापार तिर हात हाल्ने सोच बनाएकी थिइन् ।त्यसैैले एसएलसी भएपछि बोर्डिङ पनि पढाइन । कामकै सिलसिलामा उनी मोडलिङ तिर लागीन । उनले फुर्सद पाउदाँ वित्तिकै नृत्य सिक्न थालिन् । सोही समय त्यस बेलाको चर्चित हास्यव्यंग्य टेलिसिरीयल ‘ झ्यानकुटी झ्याई’ मा क्यारेक्टर आर्टिस्ट काम गर्ने मौका पाइन् । यसले यनलाई अभिनयको बाटोमा हिँडायो । स्कुल पढ्दा लजाउने उनको बानी , कसैसंगै नबोल्ने पछिल्लो समय उनले खेलेका भिडियो र अभिनयले बाल्यकालका साथीहरु छक्क परको छन् । (अन्नपुर्णबाट )



प्रतिक्रिया दिनुहोस्