Logo

तरकारीमा झन् बढ्यो परनिर्भरता



काठमाडौ माघ २४ । देशमा तरकारी प्रतिको परनिर्भरता घट्नुको साटो झन् बढन थालेको छ । देशको केन्द्रिय तरकारी बजार कालीमाटी फलफुल तथा तरकारी बजार समीतिले सार्वजनिक गरेको तथ्यांक अनुसार थप परनिर्भरता बढेको छ । समीतीले बिहिबार गरेको सुनुवाईमा आर्थिक वर्ष २०७५÷७६ मा उपत्यकाबासीको मागको ४० प्रतिशत मात्रै आलु भारतबाट आयात गरिएको चालु आवको पहिलो सात महिना मा नै यसको आयात मागको ६६ प्रतिशत रहेको छ । हरेक तरकारीमा यस्ते परनिर्भरता बढ्ने हो भने भारतले आलुमा पनि प्रतिबन्ध लगाएको खण्डमा प्याजमा जस्तो नहोला भन्न सकिदैन ।

यस्तै परनिर्भरताको असर अहिले लसुनमा पनि देखिएको छ । चालु आवमा कालीमाटी बजारमा ३९ हजार १५३ मेट्रिक टन आलु भित्रिएकामा २६ हजार १५ मेट्रिक टन भारतबाट आयात भएको हो । बजारमा उपत्यकाबासीको माग अनुसार आपुर्ति नहुदाँ भाउ निरन्तर उकालो लागेपनि अब भने सस्तो हुने संकेत देखिएको छ ।

बजारमा तरकारीको माग वर्षेनी बढेको छ । तर यो अनुरुप आपुर्ती नहुँदा यसको भाउ पुस महिनाबाट महँगो भएको थियो । अहिले क्रमशः घट्दैछ । समितिका उपनिर्देशक विनय श्रेष्ठले हाल दैनिक अठ सय मेट्रिक टनसम्म तरकारी बजारमा भित्रिएको जानकारी दिए । चालु आव वर्षको महिनासम्म बजारमा उपत्यकाबासीको माग अनुसार आपुर्ति नहुँदा भाउ सस्तो हुने संकेत देखिएको उनको दाबी छ ।

चालु आर्थिक वर्षको पहिलो सात महिनामा बजारमा एक लाख ५२ हजार २६० मेट्रिक टन तरकारी भित्रिएको छ ।समितिका अनुसार आर्थिक वर्षए २०७४÷०७७ मा दुई लाख २७ हजार ९५८ मेट्रिक टन तरकारी आपुर्ति भएको थियो । भने आर्थिक वर्षमा २०७५÷०७६ मा दुई लाख ८५ हजार ८९२ केजी तरकारी बजारमा भित्रिएको थियो ।यो तथ्याँकलाई हेर्दा तरकारीको आयात २४ प्रतिशतले बढेका देखिन्छ । तर यो वर्ष भने चार प्रतिशतले मात्रै आपुर्ति बढेकाले भाउमा असर परेका हो । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्