Logo

सस्तो प्याकेजले गुणस्तर खस्कियो



चितवन, माघ २३ । काठमाडौमा रहेर चितवनका लागी पर्यटक पठाउने ट्राभल ऐजेन्सीसँग सौराहाका होटलले ५० करोड रुपैयाँ भन्दा धेरै रकम लिनुपर्ने पाइएको छ । र पर्यटनको क्षेत्रमा काम गर्दै आएका ट्राभल एजेन्सीले चितवनको होटलमा पर्यटक पठाउने तर तोके अनुसार को रकम भुक्तानी नगरेपछि धेरै वक्यौता देखिएको छ । क्षेत्रिय होटल संघ सौराहका अध्यक्ष दिपक भट्टराईले भने ।

काठमाडौका विभिन्न एजेन्सीसँग सौराहाका होटलले मात्रै ५० करोड रुपैयाँ भन्दा धेरै लिनुपर्ने देखिन्छ । एउटा होटलको मात्रै विभिन्न एजेन्सीसंग एक करोड भन्दा धेरै लिनुपर्ने देखिन्छ । थोरै रकममा धेरै सुविभा दिन ऐजेन्सीले पर्यटक बुक गर्दा होटलले दिने सेवाको गुणस्तर खस्कँदै जान थालेको छ । क्षेत्रिय होटेल संघ सौरहाका अध्यक्षले एउटा पर्यटकलाई दुई रात तीन दिन आठ हजारमा सबै प्याकेज दिनुपर्दा गुणस्तर खस्केको छ ।नाफा नभएपनि दिने खानामा सामाग्री घटाउदाँ गुणस्तरमा समस्या आउँछ ,उनले भने । अर्का होटेल सञ्चालक दामोदर जोशीले एजेन्सीका कारण पर्यटन क्षेत्रमा समस्या आएको बताए ।

केही एजेन्सीका कारण पर्यटन क्षेत्रमा बदनाम हुन परेको नेपाल एसोसियसन ट्राभल्स एन्ड टुरका अध्क्ष अच्युत गुरागाईले भने । सौराहा मा मात्र नभई त्यस्ता ऐजेन्सीले अन्य क्षेत्रमा पनि पैसा फिर्ता तिर्न बाँकी रहको गुनासो आएको उनले बताए । (गोरखापत्र बाट)



प्रतिक्रिया दिनुहोस्