Logo

सर्वोच्च अदालतद्वारा पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणाको रिट खारेज



काठमाडौं, २४ माघ । सर्वोच्च अदालतले पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मी सिंहले आफ्नो जग्गा भनी दाबीसहित दायर गरेको रिट खारेज गरेको छ।

शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले प्रेरणाको रिट खारेज गरेको हो । यो रिट खारेजीसँगै छाउनीस्थित स्वर्गीय राजा वीरेन्द्रको नामको घरजग्गा नेपाल ट्रस्टमा आउने भएको छ।

प्रेरणाले आफूले दाइजोबाट पाएको काठमाडौंको छाउनीस्थित् १५ रोपनी १ आना क्षेत्रफलको घरजग्गा सम्पत्ति सरकारले नेपाल ट्रष्टको नाममा कायम गरेको भन्दै ०७१ मा सर्वोच्चमा रिट दायर गरेकी थिइन्।



प्रतिक्रिया दिनुहोस्