Logo

नरेन्द्र मोदीको मनमा नेपालप्रति मायाको सागर छ : विजयी जोली (भिडियोसहित)



काठमाडौं, २५ माघ । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका पूर्व विदेश विभाग प्रमुख तथा नेपाल मामिलाका जानकारी विजय जोलीले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध विगतभन्दा अहिले झनै सुमधुर रहेको स्पष्ट पारेका छन् । प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता जोलीले यस्तो बताएका हुन् ।

उनले भारतमा नरेन्द्र मोदी सन् २०१४ मा प्रधानमन्त्री बनेपछि आजसम्म ५९ वटा देशको भ्रमण गरेको सुनाउँदै यो अवधिमा नेपालमात्रै चार पटक आएको सुनाए । उनले भने,‘नेपाल भारतको असल र नजिकको मित्रराष्ट्र हो । र, नरेन्द्र मोदी भारतमा प्रधानमन्त्री बनिसकेपछि १७ वर्षपछि नेपालमा भ्रमण गरे । मोदीको मनमा नेपालप्रति मायाको सागर छ ।



प्रतिक्रिया दिनुहोस्