Logo

आईसीसी विश्वकप क्रिकेट लीग २ : अमेरिकाको सातौँ विकेट पतन



काठमाडौँ २५ माघ : आईसीसी विश्वकप क्रिकेट लीग २ अन्तर्गत अमेरिकाविरुद्ध खेलिरहेको नेपालले सातौं विकेट झारेको छ ।

नेपाललाई सातौँ सफलता कुशल मल्लले दिलाएका हुन् । मल्लले एल्मोर हचिन्सनको विकेट लिएका हुन् । २५ ओवरमा सात विकेट गुमाएर ७५ रन बनाएर खेलिरहेको छ । यसअघि ब्याटिङ गरेको नेपालले ४९,२ ओभरमा सबै विकेट गुमाउँदै १९० रन बनाएको थियो । नेपाल अहिले बलियो स्थितिमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्