Logo

आईसीसी विश्वकप क्रिकेट लीग २ : नेपालद्वारा अमेरिका पराजित



काठमाडौँ २५ माघ : आईसीसी विश्वकप क्रिकेट लीग २ अन्तर्गत नेपाल जित हात पारेको छ । नेपालले अमेरिकालाई ३५ रनले हराएको छ । उत्कृष्ट बलिङ्गका कारण नेपालले सजिलै जित हात पारेको हो ।

अमेरिकाले ४४ ओवरमा सम्पूर्ण विकेट गुमाएर १५५ रन बनाउन सफल भएको थियो । नेपालका लागि कुशल मल्ल र बिनोद भण्डारीले अर्धसतक बनाएका थिए । पहिलो ब्याटिङ गरेको नेपालले ४९,२ ओभरमा सबै विकेट गुमाउँदै १९० रन बनाएको थियो । नेपालका लागि कारण केसीले उत्कृष्ट बलिङ्ग गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्