Logo

डब्लुएचओको मापदण्ड पुरा गर्दै सरकार



काठमाडौँ, २६ माघ । विश्व स्वास्थ संगठन डब्लुएचओको मापदन्ड पुर्णरुपमा पालना गरेर मात्र चीनमा रहेका नेपालीलाई फिर्ता ल्याउन मिल्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नोवेल कोरोना भाइरसको अत्यधिक जोखिम रहेको भन्दै चीनकनो हुबेई प्रान्तमा रहेका नेपालीलाई फिर्ता ल्याउन डब्लुएचओको ‘प्रोटोकल’ पुर्ण पालनासँगै उच्च सुरक्षाको तयारी सरकारले गरिरहेको मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत राज पौडेलका अनुसार यसरी कोरोना भाइरस संक्रमित क्षेत्रबाट मानिस ल्याउँदा डब्लुएचओको सबै मापदन्ड पुरा गर्नुपर्ने हुन्छ । सरकारले बनाएको उच्च स्तरिय समितिले उच्च स्तरमा काम गरिसकेको छ । छुट्टै भवनको व्यवस्थापनमा अहिले काम भइरहेको छ पौडेलले भने । फिर्ता ल्याएका नेपालीलाई कहाँ राख्ने । अनि राख्ने स्थानका सबै बन्दोबस्त कसरी गर्ने भन्ने विषयमा सरकारी ध्यान केन्द्रित छ ।
(गोरखापत्र दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्