Logo

अब म रुन्नँ, आस्था डगमगाउन दिन्न- आस्था राउत



काठमाडौं, २६ माघ । गायिका आस्था राउत पछिल्लो समय निकै विवादमा आइन् । यसले उनलाई चर्चाको चुलीमा पुर्यायो । नेपाली गीतसंगितका क्षेत्रमा छाएकी उनी अब भविष्यमा विवादमा नपर्ने बाचा गर्दै झन् सशक्त ढंगले अगाडि बढ्ने बताउँदै आएकी छिन् । आस्था राउतसँग ऋषि धमलाले गरेको कुराकानीः
एउटा गीत गाइदिनुस् न ?
‘को छ यहाँ घटी बढी, जोख्न छैन तुलो,
बदलाका कुराभन्दा क्षमा गर्नु ठूलो’ ।
यसैलाई सम्झेर मैले आफूलाई रियलाइज पनि गरेँ माफी पनि मागेँ ।
जो मान्छेले क्षमा दिन्छ त्यो सबैभदा ठूलो हुन्छ हो ?
हो । मेरो घटनालाई लिएर मेरा दर्शक स्रोतहरुलाई पनि धेरै चित्त दुख्यो होला । मेरो जति पनि दर्शक स्रोता हुनुहुन्छ । उहाँहरु समक्ष पनि क्षमा चाहन्छु । मैले हारेको छैन, जितेकै छु । यो घटनाले मलाई अझै परिपक्व बनाएको छ । यहाँहरुलाई आस्थाले त्यो शब्द नबोलिदिएको भए हुन्थ्यो भन्ने लागेको होला ।
तपाईंको मुखबाट त्यो शब्द नआएको भए हुन्थ्यो भनेर धेरैले भने नि ?
अब आइन्दा मप्रतिको आस्था र विश्वास डगमगाउन दिने छैन । म प्रतिको दर्शक र स्रोतको विश्वास अझै ‘पानी परेपछिको आकास’ खुले झैं परिपक्व ढंगले अगाडि आउने छु । यसमा सबैको माया र सद्भाव रहने छ भन्नेमा म विश्वस्त छु । मलाई आमा बाबाको माया, दर्शक-स्रोताको साथ र प्रशासनको बुझाइ मैले पाएकी छु, त्यसैले मलाई केहीको डर छैन । अब डर छ त खाली मेरो मनमष्तिष्कसँग जसले कहिलेकाहीं आवेशमा बोल्दा कसैको भावनामाथि आँच आउला ।
तपाईंलाई आमा र बाबा कसले बढी माया गर्नुहुन्छ ?
मलाई दुवैजनाले उत्तिकै माया गर्नुहुन्छ । तर मेरो मेरुदण्ड भनेको आमा साबित्री राउत नै हो ।
तपाईंको आमाले कतिवटा गीत लेख्नुभयो ?
धेरै गीतहरु लेख्नुभएको छ । तर जति गीत लेख्नुभयो त्यो व्यवसायिक नभएर स्वस्र्फूत इच्छाले लेख्नुभएको हो । स्पेसल्ली मेरो र बुबाको लागि आमाले गीत लेखिदिनुहुन्छ ।
तपाईंको बुबाले कतिवटा गीत गाउनुभयो ?
त्यसको ठ्याक्कै संख्या चाहीं थाहा छैन । अझ भन्नुपर्दा मलाई मेरै गीत त थाहा झन् बुबाको कसरी थाहा हुन्छ ।
तपाईंले कति गीत गाउनुभयो अभैmसम्म थाहा छैन ?
ठ्याक्कै संख्या त थाहा छैन तर आँकलनसम्म गर्छु ।
आँकलनै गर्दा कति जति भए ?
खासमा भन्ने हो भने म क्वाटिटी भन्दा पनि क्वालिटीमा विश्वास गर्ने मान्छे हो । क्वालिटीको हिसाब गर्दा ४५ देखि ५० को हाराहारी होला ।
तीमध्ये सबैभन्दा राम्रो गीत कुन हो ?
मलाई आपूmले एल्बम निकालेको गीत सबै राम्रो लाग्छ । त्यसमा पनि दर्शक÷स्रोताले एकदमै भित्रैदेखि मन पराइदिनुभएको गीतको एक टुक्का ः
“चौबन्दीमा पटुकी बाँध्या’छैन भन्दैमा,
पखेरीमा घाँस काट्न जान्या’छैन भन्दैमा,
मलाई नेपाली होइन भन्न कहाँ पाइन्छ,
म त नेपालको माया गर्ने छोरी हुँ,
मलाई म जस्तै माया चाहिन्छ ।”
तपाईं धेरै मर्मस्पर्सी गीत गाउनुहुन्छ भविष्यमा राजनीति गर्नुहुन्छ ?
मलाई त्यस्तो राजनीति त थाहा छैन । त्यस्तो राजनीति त गर्दिन होला ।
कुनै कारणले राजनीतिमा जानैपर्ने वाध्यता सिर्जना भयो भने के गर्नुहुन्छ ?
अहिले म महिला सशक्तिकरणकै लागि लागि परेकी छु । मेरो गीतहरु पनि त्यही अनुसारकै छन् ।
तपाईंंले प्रेम र रोमान्सका गीतै गाउनुभएन हो ?
मेरो बच्चा अवस्थामा पहिलो रेकर्ड भएको बाल गीत भन्छु ः
यो गीत चाहीं अधिराज्यव्यापी प्रयोगितामा दोस्रो भएकी थिएँ । यो मैले ८÷९ वर्षको उमेरमा गाएको गीत हो ।
“छोरालाई पढ्ने पाठशाला,
छोरीलाई घाँसी पाखाभीर,
मान्छे किन यति निष्ठुरी
लौन आमा लाग्यो मलाई पीर”
अहिलेसम्म महिला सशक्तिकरणका लागि तपाईंले गीत गाउनुभयो, अहिले समाजमा नारीहरुलाई सम्मान छ ?
नारी भनेको कसै न कसैको आमा हो । घरमा आमालाई त्यति सम्मान गरिन्छ भने नारीलाई किन सम्मान नगर्ने ? आमा भनेको एउटा परिवार धान्ने धरोहर हो । आमाबिनाको परिवार सोच्न पनि सकिँदैन । परिवारलाई व्यवस्थित र सफल बनाउने आमा हो । आमाभन्दा ठूलो र महत्वपूर्ण यो संसारमा केही छैन । म पनि आज यो ठाउँसम्मा आइपुग्न आमाकै योगदान छ । अनि त्यस्तै कसैकी आमा नारीलाई यो समाजमा किन सम्मान नगर्ने । तर, नारीहरु पनि अलिकति संयम र सजगत हुनुपर्छ, गलत गर्नुहुँदैन । अहिले घर बनाउने पनि नारीहरु हुन्, बिगार्ने पनि नारीहरु नै हुन् । त्यसैले ती दिदीबहिनी, छोरी, चेलीहरु जो गलत बाटोमा हिड्दैहुनुहुन्छ, उहाँहरु पनि खबरदार । ‘न बिराउनु, न डराउनु’, तर बिराइयो भने डराउनुपर्छ । र छोरी, चेली, दिदीबहिनीहरुलाई बुबा, आमा, दाजुभाइले पनि अग्रामी भूमिका निर्वाह गर्न सधैं सहयोग र समर्थन गरौं भन्न चाहन्छु ।
देश, विदेश घुम्न जाँदा आस्था राउतलाई के प्रश्न गर्छन् ?
उहाँहरुले मलाई मेरो छोरी पनि तपाईं जस्तै निडर, कर्मठ र सुयोग्य भइदिए हुन्थ्यो भन्नुहुन्छ । मरो छोरी पनि तपाईंजस्तै होस् आस्थाजी भनेर म्यासेज आउँदा म खुशीले गदगद हुन्छ ।
छोरी जन्माउनु त आस्था जस्तो होइन ?
हो । उहाँहरु त्यस्तो भन्नुहुन्छ । त्यो सुन्नेबित्तिकै मेरो आमालाई धन्यवाद दिन्छु् । आमा तपाईंले गर्दा नेपाल र नेपाली छोरीहरुको लागि बोल्न लड्न योग्य भएकी छु भनेर ।
गायिकाहरुमा संवेदनशीलता पनि हुन्छ ?
गायक गायिकामा छिट्टै रुने, छिट्टै हास्ने, छिट्टै भावुक हुने सम्वेदनशीलता त भइहाल्छ नि ।
तपाईं दिनमा कति पटक रुनुहुन्छ ?
मलाई चित्तदुख्या भने छिट्टै रुन्छु । अहिले पनि चित्त दुख्यो भने रुन आउँछ ।
आज एकपटक रुनुस् न त ?
आज मलाई तपाईंले धेरै खुशी दिनुभएको कि अब आस्था राउतका रुने दिन गए ।
त्यसोभए आजबाट आस्था राउत रुनुहुन्न ?
रुन्न कथंकाल रोइहाले पनि खुशीका आँसु मात्र हुनेछन् ।



प्रतिक्रिया दिनुहोस्