Logo

आईजिपी खनालको दाबी : निर्मला प्रकरणमा नेपाल प्रहरी चुकेको छैन् (भिडियोसहित)



काठमाडौं, २६ माघ । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा प्रहरी चुकेको भन्ने आरोपमा सत्यता नभएको स्पष्ट पारेका छन् । शनिबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ नामक लोकप्रिय कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘सबैले आ–आफूले आफ्नो सिभिक ड्युटी पूरा गर्नुृपर्छ । घट्नाक्रमले कहिले एक वर्षपछि पनि नतिजा आएका छन् । तर, अनुशन्धान हो तैलें यतिखेर नै गर भन्नुपनि जायज हो र ? यो विषयमा हामीले कति गहिरो अनुशन्धान गरेका छौं भन्ने कुरा तपाईहरुले हेर्नुहोस न । नेपाल प्रहरीमा भएका अधिकृतहरु कति खटाएका छौं ? यो विज्ञतासहितको सबै त्यहाँ खटिनै रहेका छन् । जर्नलिष्ट साथीहरु पनि निकै खटिनुभएको थियो नि ।’ उनले त्यहाँ ठूलो प्राथमिकताका साथ हेरिएका विषय सुनाए ।

खनालले यो प्रकरणमा दोषीको रुपमा सबै न्यारो डाउन गरेर गएको सुनाए । उनले भने,‘हामीले लगेका विषयवस्तुहरुलाई पनि अन्य निकायले ईण्डोर्स गर्नुपर्ने हुन्छ । अनुशन्धान गर्दा सबै ईभिडेन्टस नै प्रस्तुत गर्नुपर्ने तयारी छ ।

उनले पछिल्लो समय कालोबजारी गर्ने र सुन तस्करीहरुलाई कारबाही गरिएको सुनाए । उनले भने,‘चेलिबेटी बेचबिखन नियन्त्रणको लागि प्रहरी व्युरो राखेर काम गरेको छ । मानव तस्करीहरुलाई कारबाही गरिएको छ । साईबर व्युरो राखेका छौं । समूदाय प्रहरी । ९२ लाख जनतासमक्ष प्रहरी पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्