Logo

पद्मावती र गीतालाई नारीरत्न पुरस्कार



काठमाण्डौँ । नेपाली उपन्यास र कथा विधामा सक्रिय नारी हस्तक्षर गीता केशरी र पद्मावती सिंहलाई शुक्रबार संयुक्त रुपमा ‘नेपाली साहित्य नारीरत्न’ पुरस्कार प्रदान गरिएको छ । आयोजक त्रिमुर्ति सिनकेतनले प्रदान गर्ने उक्त पुरस्कार ताम्रपत्रका साथै एक लाख रुपैयाँ नगद राशीको छ ।

वाङमय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीले स्रस्टाद्धयलाई पुरस्कार प्रदान गरे । त्यस्तै डा. तारानाथ शर्मालाई बालकृष्ण सम पुरस्कार प्रदान गरियो । यो पुरस्कारको राशी पनि एक लाख रुपैयाँ त्यस्तै कलाकार राजन काफ्ले , समाजसेवीद्धय गोपाल मर्हजन र चिनियाँराज श्रेष्ठलाई ‘सत्यमोहन जोशी शताब्दी पदक’ तथा मोहन कृष्ण सापकोटा र डण्डुराज घिमिरेलाई त्रिमुर्ति सम्मान प्रदान गरियो ।

कार्यक्रममा संस्कृतिविद् जोशीले प्राडा वासुदेव त्रिपाठीले लेखेको ‘नरेन्द्रराज प्रसाईको जीवन कृति मेरी आमा भागीरथा प्रसाईः समिक्षात्मक विमर्श,’ नरेन्द्र राज प्रसाई र इन्दिरा प्रसाईबाट सम्पादित ‘राष्ट्रकविको सय वर्ष ’, नरेन्द्र राज प्रसाईद्धारा लिखित ‘शताब्दी पुरुषको सय वर्ष ’ र ‘मेरी आमा भागीरथा प्रसाइ’ नामक जीवनी कृतिको विमोचन पनि गरियो । (अन्नपुर्णबाट)



प्रतिक्रिया दिनुहोस्