Logo

सिन्धुलीमा ‘घरबास’



काठमाडौ,माघ २६ । सिन्धुली सदरमुकाम माढी बजारमा नागबेली सडक हुँदै झन्डै १५ सय किलोमिटर दुरीको यात्रा गरेपछि कमलामाई नगरपालिका २ ढुङ्ग्रेभञ्याङमा पुग्न सकिन्छ । यहाँ जिल्ला मै पहिलो पटक एक मात्र सामुदायीक ‘घरबास’ होमस्टे सुरु भएको छ । ढुङ्ग्रेभञ्याङ मा पुग्ने आन्तरिक तथा बाश्य पर्यटकलाई स्थानिय नेवार र मगर समुदायका युवा तथा किशोरीले आफ्नो भेषभुषा र मौलिक संस्कृतिसहित अतिथिलाई सत्कार गर्ने गरेका छन् ।

बनेपा– सिन्धुली –बर्दीबास (बिपी) राजमार्ग को नागबेली सडक , चिसो मौसम हरियाली वातावरणमा , धार्मीक आस्थाको धरोधर भद्रकाली मन्दिरको दृष्यपानमा रम्ने र रमाउने का लागी यो एउटा महत्वपुर्ण स्थल हो । यहाँ नेपाल भ्रमण वर्ष २०२० मा ऐतिहासीक सिन्धुलीगढीको अवलोकन का लागी आउने आन्तरीक तथा बाह्य पर्यटक का लागी आउने आन्तरकि तथा बाह्य पर्यटकलाई लक्ष्य गरी उक्त होमस्टे सञ्चालनमा ल्याइएको हो । एक पटक मा ४० देखि ५० जनासम्म पर्यटकलाई व्यवस्थापन गर्न सकिने गरी स्थानिय १७ घर नेवार । मगर समुुदायले सामुहिक होमस्टे सञ्चालनमा ल्याएका हुन् । होमस्टे सञ्चालन बाग्मती प्रदेश सरकारको कृषि पर्यटन कार्यक्रम अन्र्तगत २० लाख , कमलामाई नगरपालिकाको शौचालय निर्माण तथा सरसफाई का लागी पाँच लाख रुपैयाँ सहयोग गरेको छ ।
(अन्नपुर्ण बाट)



प्रतिक्रिया दिनुहोस्