Logo

शहीद स्मारक लिग : मनाङ मस्र्याङ्दी विजयी



काठमाडौं, २६ माघ । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत एघारौँ चरणको आफ्नो खेलमा मनाङ मस्र्याङ्दी क्लब विजयी भएको छ । न्यूरोड टिमलाई हराउँदै मनाङ मस्र्याङ्दी लिगको तेस्रो स्थानमा उक्लेको हो ।

ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा मनाङले न्यूरोडलाई ४–१ गोलले पराजित गरेको हो ।

मनाङ मस्र्याङ्दीले पहिलो हाफमा दुई गोल गरेको थियो । दोस्रो हाफमा मनाङले थप दुई गोल ग¥यो । एनआरटीले दोस्रो हाफको अन्तिम समयमा गोल गरेको हो । मनाङ मस्र्याङ्दीका विमल रानाले खेलको ३५औँ मिनेटमा पहिलो गोल गरे । अञ्जन विष्टले खेलको ४३औँ मिनेटमा दोस्रो गोल गरे।

यस्तै खेलको ६५औँ मिनेटमा नै अञ्जनले व्यक्तिगत दोस्रो गोल गरी मनाङलाई ३–० को अवस्थामा पु¥याए । खेल सकिनै लाग्दा न्यूरोडका लागि सकुल रेग्मीले सान्त्वना गोल गरे ।

यस्तै खेलको अतिरिक्त समयमा मनाङ मस्र्याङ्दीका दयानन्द सिंहले चौथो गोल गर्नुभयो । जितसँगै मनाङ मस्र्याङ्दी २२ अंकका साथ लिगको तेस्रो स्थानमा पुगेको हो । न्यूरोड १५ अंकका साथ लिगको आठौं स्थानमा छ । त्रिभुवन आर्मी क्लब २६ अंकसहित शीर्ष स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस्