Logo

गच्छादारको विषयमा विश्वकर्मा र धमलाबीच झगडा (भिडियोसहित)



काठमाडौं, २७ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन बहादुर विश्वकर्माले कांग्रेसले रहरले नभई बाध्यतावश संसद अवरोध गरेको स्पष्ट पारेका छन् । आइतबार राति प्राईम प्राईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग उनले उस्तो बताएका हुन् ।

गच्छदारको विषयमा कुरा गर्दा पत्रकार धमला र नेता विश्वकर्माबीच चर्काचर्कीसमेत परेको थियो । उनले आफ्नो पार्टीले वर्तमान सरकारले गरेका भ्रष्टाचार, अनियमितताको भण्डाफोर गरेर नग्याउने बताएका हुन् । उनले कांग्रेसले संसद अवरोध गर्नुको मुख्य उद्देश्य भनेको विधि र विधानको रक्षा गर्नुपनि भएको सुनाए ।

 



प्रतिक्रिया दिनुहोस्