Logo

फेरि राजनीतिक अस्थिरताका लागि चलखेल



काठमाडौं । केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न भएलगत्तै नेपाल कम्युनिष्ट पार्टी र केपी ओलीले नेतृत्व गरेको वर्तमान सरकारलाई अन्योल र अस्थिरताको भूमरीमा पार्ने ग्राण्ड डिजाइन बन्न थालेको थाहा भएको छ । नेपालमा राजनीतिक स्थिरता नचाहने स्वदेशी तथा विदेशी शक्ति केन्द्रले यसका लागि गतिशीलतामा भन्दा अस्थिरतामा रमाउने नेकपाकै अध्यक्ष पुष्पकमल दाहाललाई उपयोग गर्ने रणनीतिसमेत बनाउन थालेको संकेत पाइएको छ । सभामुख चयनको ममिलामा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली सचिवालयमा अल्पमतमा परेदेखि नै र अग्नि सापकोटा सभामुख हुने निश्चित भएदेखि नै मुलुकमा राजनीतिक अस्थिरता कायम गर्ने ग्राण्ड डिजाइन बन्दै गएको अवस्था रहेको छ ।

प्रधानमन्त्री केपी ओलीलाई संसदीय दलबाट विस्थापित गरेर अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाएर नेपालमा राजनीतिक अस्थिरता कायम गर्ने र कम्युनिष्ट सरकारलाई अन्य पार्टीहरूको सहारामा टिक्ने अवस्था सिर्जना गरेर आफ्नो इशारामा नचाउन सकिने सरकार कायम गर्नेतिर यो गुप्त डिजाइन निर्देशित रहेको स्थिति देखापर्न थालेको छ ।

ग्राण्ड डिजाइनको केन्द्रमा प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टीको स्पष्ट बहुमत रहेको वर्तमान सरकारलाई अपदस्थ गरेर नेकपाकै अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा अन्य राजनीतिक शक्तिको वैशाखीमा टिक्ने सरकार गठन गर्ने ग्राण्ड डिजाइन अगाडि सार्नेहरूले नेकपाकै वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल तथा वामदेव गौतमलाई समेत यो ग्राण्ड डिजाइनको सफलताका निम्ति उपयोग गर्ने रणनीति अख्तियार गरेको स्रोत बताउछ ।

नेकपाभित्रका प्रभावशाली नेताहरू नेपाल, खनाल र गौतमलाई उपयोग गरेर प्रधानमन्त्री ओलीलाई संसदीय दलमा अल्पमतमा पार्ने योजना यो ग्राण्ड डिजाइनको रहेको स्रँेत बताउछ । यसका निम्ति अध्यक्ष दाहालको महत्वकांक्षा र अस्थिर चरित्रलाई उपयोग गरिने रणनीति बनाइएको स्रोतले साँघुलाई बतायो । यो डिजाइनलाई सफल पार्नका लागि मधेशी दलहरू राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीलाई समेत आवश्यक परे उपयोग गर्ने रणनीति बनाइएको स्रँेतले बतायो ।

प्रचण्डको चरित्र र विगत
षड्यन्त्रकारीका लागि उपयोगी हतियार
नेपाल कम्युनिष्ट पार्टीको कार्यकारी अधिकारसहित अध्यक्ष भएका पुष्पकमल दाहाल अहिलेसम्म कुनै पनि कम्युनिष्ट पार्टीको नेतृत्वमा महाधिवशेनमार्फत पुगेका छैनन् । २०४८ सालदेखि मोटो मसालको नेतृत्व गरेका दाहालले आफ्नो स्वार्थलाई ध्यानमा राखेर आफैंले नेतृत्व गरेको मसाललाई नै विघटन गरेका थिए । त्यसपछि नेपाल कम्युनिष्ट पार्टी गठन गरेर नेतृत्व सम्हालेका दाहालले नेकपाको नेतृत्व पनि महाधिवेशनमार्फत प्राप्त गरेका होइनन्, र आगामी २०७७ सालभित्र सम्पन्न महाधिवेशनबाट पनि उनी नेतृत्वमा पुग्नसक्ने सम्भावना रहेको छैन ।
यसरी विगत तीन दशकदेखि विभिन्न कम्युनिष्ट पार्टीको नेतृत्व पुष्पकमल दाहालले जस्केलाबाट प्रवेश गरेर गर्दै आएका भएपनि साविक नेकपा एमालेको नेतृत्व भने महाधिवेशनमार्फत प्रजातान्त्रिक अभ्यासबाट हुने गरेको छ । झलनाथ खनाल, सीपी मैनाली, स्व. मदन भण्डारीसँगै माधव नेपाल, तथा केपी ओली महाधिवेशनमा हुने निर्वाचनमार्फत पार्टीको नेतृत्वमा पुगेका हुन् र साविक एमालेले नेतृत्व परिवर्तनकै निम्ति महाधिवेशनसँग निर्वाचनको प्रक्रिया समेत अपनाउँदै आएको छ । तर, पुष्पकमल दाहाल भने अहिलेसम्म कुनै पनि कम्युनिष्ट पार्टीको नेतृत्वमा महाधिवेशनमार्फत हुने निर्वाचन प्रणालीबाट पुगेका छैनन् ।

यो कारणले गर्दा पनि नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएर नेकपा गठन भएको २० महिना पुग्न लाग्दा पनि साविक एमाले नेताहरूसँग पुष्पकमल दाहालको प्राकृतिक घुलमिल हुन सकेको छैन । अस्थिर चरित्रका दाहाल आफ्नो राजनीतिक स्वार्थका निम्ति तत्काल अडान परिवर्तन गर्ने र ललिपप वितरण गर्ने नेताको रुपमा परिचय बनाएका छन् । अध्यक्ष दाहालको यही परिचय र कमजोरीलाई उपयोग गरेर नेपालको कम्युनिष्ट आन्दोलन र अहिले केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारमाथि प्रहार गर्ने र नेपालमा राजनीतिक अस्थिरता कायम गर्ने खेल सुरु भएको स्रोत बताउँछ ।

यो खेलमा सामेल हुँदै मधेसवादी दल
अहिले समाजवादी र राष्ट्रिय जनता पार्टी दुवै सरकारको विपक्षमा रहेका छन् । २०७६ माघ ९ गते प्रदेश–२ मा सम्पन्न भएको राष्ट्रियसभा निर्वाचनमा राजपाले नेकपासँग सहकार्य गरेको भएपनि उक्त सहकार्य त्यसपछाडि अगाडि बढ्न सकेको छैन । तथापि राजपाले वर्तमान सरकारसँग आगामी दिनमा सहकार्य गर्नसक्ने दुई सूत्रीय सहमतिले नै स्पष्ट पारेको स्थिति छ । तर, कम्युनिष्टको वर्तमान सरकार ढालेर नेपालमा राजनीतिक अस्थिरता कायम गर्न चाहने शक्तिहरूले भने यो ग्राण्ड डिजाइनमा मधेसवादी दलहरू राजपासँगै समाजवादीलाई समेत उपयोग गर्ने रणनीतिक बनाएका छन् र यसका निम्ति राजपा र समाजवादी पार्टीका बीचमा एकीकरणको अभ्यास समेत नेपालमा होइन, भारतको राजधानीमा नयाँ दिल्लीमा अहिले भइराखेको स्रोत बताउछ ।

नेकपासंग सहकार्य कि उपेन्द्र यादवको समाजवादी पार्टीसंग पार्टी एकीकरण भन्ने सल्लाह र सुझावका राजेन्द्र महतो नयाँ दिल्लीमा व्यस्त रहेको स्रँेतले बतायो । संसद चलिराखेको अवस्थामा पनि राजपाका नेता राजेन्द्र महतो, शरत्सिंह भण्डारीलाई लिएर २०७६ माघ २४ गते नयाँ दिल्ली पुगेर राजनीतिक भेटघाट र सरसल्लाहमा व्यस्त रहेका छन् ।-साँघु साप्ताहिकबाट



प्रतिक्रिया दिनुहोस्