Logo

रियल मड्रिडद्वारा ओसासुना ४–१ ले पराजित, बार्साभन्दा ३ अंकको दुरी



स्पेन, २७ माघ । स्पेनिस ला लिगामा लिग लिडर रियल मड्रिडले ओसासुनालाई ४–१ ले पराजित गरेको छ । यो जीतसँगै उसले आफूलाई लिगको शिर्ष स्थानमा यथावत राखेको छ ।

लिगमा उसले जितका साथ दोश्रो स्थानमा रहेको निकट प्रतिष्पर्धी बार्सिलोनासँग ३ अंकको दुरी कायम राखेको छ । उसका लागि ती गोलहरू क्रमशः इस्को, सर्जियो रामोस, लुकास भाज्क्वेज तथा जोभिकले गरेका हुन्।

यसैगरी ओसासुनाले फर्काएको एकमात्र गोल ग्रासियाले खेलको १४ औं मिनेटमा गरेका थिए। जितपछि लिगमा २३ खेलबाट रियल मड्रिडको ५२ अंक छ भने बार्सिलोनाको समान खेलबाट ४९ अंक रहेको छ। एजेन्सी



प्रतिक्रिया दिनुहोस्