Logo

इक्यान र क्यानबीच सहकार्य



काठमाडौ २७ माघ । नेपाल शैक्षिक परामर्श संघ(इक्यान) र कम्प्युटर एसोसयिन अफ नेपाल महासंघ (क्यान ) का पदाधिकारीबीच भेटघाट सम्पन्न भएको छ । इक्यानका नवनिर्वाचीत अध्यक्ष प्रकाश पाण्डेको नेतृत्वको कार्यसमिती र क्यानका अध्यक्ष नवराज कुँवरको टोलीबीच बुधबार क्यानको कार्यालयमा भेटघाट भएको हो ।

भेटमा क्यानका अध्यक्ष कुँवरले इक्यान र क्यानत्रीच सहकार्य गर्ने र सम्बन्ध विस्तार गर्ने प्रस्ताव राखे । इक्यान अध्यक्ष पाण्डेले वर्तमान समयमा सुचना सञ्चार तथा प्रविधिको महत्वबारे चर्चा गर्र्दै नेपालको शिक्षा क्षेत्रको विकासको लागी आईसिटीको भुमिका महत्वपुर्ण हुने बताए । क्यानले लामो समयदेखि सुचना सञ्चार र प्रविधीको क्ष्ोत्रमा गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा मुलुकमा आईसीटी साक्षरता बढाउनका लागी भुमिका खेल्नुपर्ने बताए ।

शैक्षिक परामर्शको संघ इक्यान र क्यान मिलेर दुवै संस्थाको हितका लागी सहकार्य गरी अगाडी बढ्नु पर्नेमा अध्यक्ष पाण्डेले जोड दिए । क्यान सुचना सञ्चार तथा प्रविधि क्षेत्रमा काम गर्ने संस्थाको काम महासंघ हो । इक्यान शैक्षिक परामर्श व्यवसायी संघको सबैभन्दा पुरानो र ठुलो संघ हो । (अन्नपुर्णबाट)



प्रतिक्रिया दिनुहोस्