Logo

त्रिभुवन विमानस्थलमा आगलागी (फोटोफिचर)



काठमाडौं, २७ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कफी पसलमा आगलागी भएको छ । आज साँझ विमानस्थलको कफी पसलमा एक्कासी आगलागी भएको हो ।

आगोको मुश्लो निस्किएपछि दमकलको सहायतामा निभाइएको छ । आगलागीपछि विमानस्थल केही समयका लागि बन्द गरिएको बुझिएको छ ।

कफी पसलका संचालक सुवास श्रेष्ठ हुन् । उनको कफी पसल विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलको एप्रोनसँगै रहेको छ ।

Photo Credit: Dipendra Karna

 



प्रतिक्रिया दिनुहोस्